उत्तर कोरिया मुद्दामा ट्रम्पको राजनीतिक अभीष्ट

Yugnepal     681 पटक पढिएको    

उत्तर कोरिया मुद्दामा ट्रम्पको राजनीतिक अभीष्ट

 

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरिया प्रवेश गरेसँगै विश्व राजनीतिमा नयाँ आयाम थपिएको छ। अमेरिकासँग राम्रो सम्बन्धको इतिहास नभएको उत्तर कोरियाली भूमिका पाइला टेक्ने ट्रम्प पहिलो पदबहाल राष्ट्रपति बन्न सफल भएका छन्। 

ट्रम्पको यो कदमलाई सन् २०२० मा हुने राष्ट्रपतीय निर्वाचनको तयारीको रुपमा हेर्न थालिएको छ। अहिले उत्तर कोरियासँगको वार्ताको प्रगति निकै सुस्त गतिमा अघि बढिरहेको भए पनि यसले ट्रम्पलाई आफ्नो विदेश नीतिमा महत्वपूर्ण जित दिलाउन सक्छ।

उत्तर कोरियासँगको अमेरिकाको सम्बन्ध सुधार गर्न सकेको खण्डमा उनलाई नोबेल पुरस्कार पनि मिल्नसक्छ। राष्ट्रपतीय निर्वाचन नजिकिँदै गरेको अवस्थामा ट्रम्पले उत्तर कोरियासँगको सम्बन्धमा सुधारको लागि यस्तो कदम चालेका हुन्।

ट्रम्पले किमसँग ‘शान्ति र समृद्धि’को अवधारणामा रहेर वार्ता गरेका हुन्। यस्तोमा ट्रम्पको यो कदमलले आगामी निर्वाचनमा महत्वपूर्ण फाइदा पुग्नसक्ने बताइएका छन्। ट्रम्पको यो कदमबारे विपक्षी डेमोक्रेट्सले भने आलोचना गरेको छ। यसले अमेरिकाको राष्ट्रिय सुरक्षामा ठूलो जोखिम उत्पन्न हुने उनीहरुको भनाइ छ। ट्रम्पले उत्तर कोरियाको पारमाणविक जोखिम र मानवअधिकार उलंघनको विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन्।

यसैबीच ट्रम्पले किमलाई अमेरिका भ्रमणको निम्तो दिएका छन्। यस्तोमा अर्को वर्ष निर्वाचन हुनुभन्दा पहिला नै किमको अमेरिका भ्रमण हुनसक्छ। यसले पनि ट्रम्पलाई अर्को वर्षको निर्वाचनका लागि सहयोग पुर्‍याउन सक्छ। 

आधारभत प्रगतिको अभाव
उत्तर कोरियासँगको सम्बन्ध सुधारको लागि ट्रम्पले प्रयास गर्दै आएका छन्। तर, उत्तर कोरियाले भने आफ्नो प्रतिबद्धता अनुसारको काम गरेको छैन। ट्रम्पले किमसँगको भेटमा निकै महत्वपूर्ण दिन रहेको बताएका थिए। यसबाट कुनै महत्वपूर्ण नतिजा आए अझै विशेष हुने बताएका थिए। तर, उत्तर कोरियाले भने आधारभूत कुरामा कुनै परिवर्तन नगरिने संकेत गरेको छ।

सिंगापुरमा दुई नेताको बीचमा भएको ऐतिहासिक वार्तापछि उत्तर कोरियाले पूर्ण निशस्त्रीकरणको लागि ठोस प्रयास गरेको छैन। उत्तर कोरियाले आफ्नो न्युक्लियर र लामो दूरीको मिसाइल परीक्षणको काम बन्द गरेको भए पनि अझै पनि उसको न्युक्लियर कार्यक्रम जारी रहेको अमेरिकी गुप्तचर संस्थाले बताउँदै आएको छ।

अपराधीलाई 
आलोचकले भने ट्रम्पको उत्तर कोरियासँगको सम्बन्ध एक नाटक रहेको बताएका छन्। उनीहरुले पटकपटक कुनै प्रगतिविनाको बैठकको आलोचना गर्दै आएका छन्। उनीहरुका अनुसार उत्तर कोरियाले ट्रम्पको घमण्डलाई तोड्दै अन्तर्राष्ट्रियरुपमा स्वीकार योग्य बनाउन सफल भएको बताएका छन्। उनीहरुले अमेरिकाले निरंकुश मुलुकलाई वैधानिकता दिन गइरहेको आरोप लगाएका छन्। 

ट्रम्पका समर्थकले भने अहिलेसम्म कुनै पनि राष्ट्रपतिले उत्तर कोरियाको हतियार रोक्नका लागि यस्तो कदम नचालेको भन्दै ट्रम्पको कदमको स्वागत गरेका छन्। यसअघि निश्चित विन्दुसम्म उत्तर कोरियालाई न्युक्लियर हतियारको अधिकार दिने प्रस्ताव अमेरिकी प्रशासनले अघि सारेको थियो। यो योजना पनि निकै विवादित भयो। यसले उत्तर कोरियालाई न्युक्लियर शक्तिराष्ट्रको रुपमा स्वीकार गर्नुपर्ने हुन्छ। साथै उत्तर कोरियर पारमाणविक कार्यक्रम इरानको भन्दा पनि आधुनिक छ। इरानसँगको पारमाणविक सम्झौताबाट बाहिरिएका ट्रम्पको लागि उत्तर कोरियासँग सम्झौता गर्नु कठिन हुने विश्लेषकहरुले बताएका छन्।

२०२० को निर्वाचनको पर्खाइ
पछिल्लो समय उत्तर कोरियासँगको सम्बन्धमा केही सुधार भएको छ। तर, यसको प्रगति भने निकै सुस्त छ। अझैसम्म अमेरिकाले किमले साँच्चै न्युक्लियर हतियार त्याग्न चाहेका हुन् वा होइनन् भन्ने कुराको यकिन गर्न सकेको छैन। उत्तर कोरियाले अमेरिकासँग कूटनीतिक सम्बन्ध बढाए पनि आफ्नो पारमाणविक हतियारको कार्यक्रम भने नरोकेको बताइँदै आएको छ। तर, राजनीतिक हिसाबले पनि यी दुई मुलुकबीचको सम्बन्धमा सुधारको केही आशा पलाएका छन्।

पछिल्लो समय उत्तर कोरिया आर्थिक संकटबाट अघि बढिरहेको छ। यस्तोमा अमेरिकासँगको सम्बन्ध विस्तार गर्दै आर्थिक सुधार गर्नु उसको अर्को महत्वपूर्ण लक्ष्य हो। यस्तोमा उत्तर कोरिया अमेरिकाबाट आर्थिक सहयोग तथा अहिले लाग्दै आएको प्रतिबन्ध हटाउने प्रयासमा छ।

यस्तोमा उत्तर कोरियाको लागि ट्रम्पको कार्यकाल निकै महत्वपूर्ण रहेको छ। यदि सन् २०२० को निर्वाचनमा ट्रम्पले हारेको खण्डमा उत्तर कोरियासँगको अमेरिकाको सम्बन्धमा सुधार आउने सम्भावना निकै कम छ। साथै, ट्रम्पले पनि निर्वाचनअघि उत्तर कोरियाको विषयमा खासै महत्वपूर्ण कदम चाल्ने सम्भावना कम छ।



मङ्गलबार १७, असार २०७६ ०३:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal