धनगढीस्थित कांग्रेस र एमाले पार्टी कार्यालयमा आगजनी तथा तोडफोड

युग संवाददाता     22 पटक पढिएको    

धनगढीस्थित कांग्रेस र  एमाले पार्टी कार्यालयमा आगजनी तथा तोडफोड

 


धनगढी । धनगढीस्थित नेपाली कांग्रेस पार्टी कार्यालय र एमालेको पार्टी कार्यालयमा आज आगजनी र तोडफोड भएको छ। प्रदर्शनमा उत्रिएका आन्दोलित समूहले कार्यालय परिसरमा प्रवेश गरी आगजनी गर्नुका साथै भौतिक संरचना र सामग्रीमा समेत तोडफोड गरेका हुन्। प्रत्यक्षदर्शीका अनुसार जेनजीका प्रदर्शनकारीहरूको समूह बिहानैदेखि नाराबाजीसहित सडकमा उतरेका थिए। त्यही क्रममा केही व्यक्तिहरू पार्टी कार्यालयतर्फ गएर झ्याल–ढोका फुटाउने, फर्निचर नष्ट गर्ने र कार्यालयको कागजातमा समेत क्षति पुर्‍याउने काम गरेका छन्।

आगजनीका कारण कार्यालयको केही भाग जलेको र धुवाँ फैलिएपछि वरपरका स्थानीयवासी आत्तिएका थिए।  घटनामा ठूलो मानवीय क्षति नभए पनि भौतिक तथा दस्तावेजीय नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनापछि ठूलो संख्यामा सुरक्षा निकायलाई परिचालन गरिएको छ। स्थिति नियन्त्रणमा लिनका लागि थप प्रहरी खटाइएको र घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।

यसबीच, नेपाली कांग्रेस कैलालीले पार्टी कार्यालयमा भएको तोडफोड तथा आगजनीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीले यस्तो असंवैधानिक र हिंसात्मक गतिविधि लोकतान्त्रिक मूल्य–मान्यताको अपमान भएको भन्दै घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेको छ।



मङ्गलबार २४, भदौ २०८२ ०७:०० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal