धनगढी । राष्ट्रिय सभा निर्वाचनको मतदान प्र्रक्रिया शुरु भएको छ । विहाना ९ बजे बाट शुरु भएको मतदानमा अहिले सम्म स्थानीय तह र प्रदेश सभा सदस्य गरी ५० जनाले मतदान गरि सकेको प्रदेश निर्वाचन कार्यालय कैलालीले जनाएको छ । अस्थायी राजधानी धनगढीमा रहेको राष्ट्रिय सभा निर्वाचन अधिकृतको कार्यालयमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुख का लागी छुटा छुटै बुथ निमार्ण गरिएको छ ।
राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिममा ५३ प्रदेश सभा सदस्य मध्ये ५१ जनाले मतदान गर्ने छन् । प्रदेश सभा सदस्य दिर्घ सोडारी भष्ट्रचार काण्डमा निलम्बन परेका छन् भने प्रदेश सभा सदस्य डाक्टर तारा जोशी प्रतिनिधी सभा सदस्यको उम्मेदवार भएका छन् । त्यस्तै ८८ वटा स्थानीय तह रहेको सुदूरपश्चिम प्रदेशमा १७६ जना प्रमुख – उप प्रमुख मध्ये १७३ जनाले मात्रै मतदान गर्ने पाउँने सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेम भट्टले जानकारी दिए । विहान ९ बजे देखि ३ बजे सम्म मतदानको समय निधारण गरिएको जानकारी दिए ।
राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिममा २ पदका लागि ४ जनाले उम्मेद्वारी दर्ता गरेका छन ।नेपाली काँग्रेसका तर्फबाट बाजुराका खम्मबहादुर खातीले उम्मेद्वारी दर्ता गरेका छन्। उनी पूर्व महान्यायधिबक्ता पनि हुन । यसै गरि नेकपा एमालेका तर्फबाट कैलालीकी लिला भण्डारीले उम्मेदवारी दर्ता गराएकी छन । उनी पार्टीको केन्द्रीय कमिटी सदस्य हुन् । भण्डारी पूर्वमाओवादीबाट एमालेमा समायोजन भएकी थिइन् ।
यसैगरी नेपाली कम्न्युष्ट पार्टिले रोजी बस्नेत सुनार र टिकाराम जैशीलाई उम्मेद्वार बनाएको छ । रोजी बस्नेत सुनार पुर्व एकीकृत समाजवादीकी हुन भने जैशी पुर्व माओवादीका हुन्।
नेकपा एमाले र नेपाली काँग्रेसको गठबन्धन रहेकाले यी दुई दलका उम्मेद्वार जित्ने निश्चित जस्तै देखिन्छ । यश अघि तत्कालीन नेकपाबाट निर्वाचित शारदा भट्ट र तारामान स्वारको समयाबधि सकिएपछि निर्वाचन हुन लागेको हो ।
प्रतिकृया दिनुहोस