जेनजी आन्दोलनकारी मुख्यमन्त्री कार्यालय भित्रै प्रवेश, मन्त्रीको गाडी तोडफोड

युग संवाददाता     24 पटक पढिएको    

जेनजी आन्दोलनकारी मुख्यमन्त्री कार्यालय भित्रै प्रवेश, मन्त्रीको गाडी तोडफोड

 

धनगढी । धनगढीमा जेनजी आन्दोलनकारीहरुले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय भित्रै प्रवेश गरी तोडफोड गरेका छन् । ‘सरकारको दमको विरोधमा मंगलबार दिउँसो कैलाली बहुमुखी क्याम्पसबाट सुरु भएको प्रदर्शन मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसम्म पुगेको हो । नाराबाजी गर्दै अघि बढेका आन्दोलनकारीहरु कार्यालय परिसरमै पुगेपछि स्थिति तनावग्रस्त बनेको थियो ।


आन्दोलनकारीहरुले कार्यालय परिसरमा प्रवेश गरी ढुंगामुढा गर्नुका साथै केही गाडीमा तोडफोड गरेका छन् । अचानक बढेको भीडलाई नियन्त्रण गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ । यद्यपि स्थिति नियन्त्रणमा आउन केही समय लागेको बताइएको छ ।

घटनापछि कार्यालय परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । आन्दोलनकारीहरुको माग र आन्दोलनको स्वरुपबारे अझै स्पष्ट विवरण आएको छैन । तर, तोडफोड र झडपका कारण कार्यालय वरपरको वातावरण त्रसित बनेको छ ।



मङ्गलबार २४, भदौ २०८२ ०५:५३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal