भीमदत्तमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

Yugnepal     859 पटक पढिएको    

भीमदत्तमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

 

भीमदत्त नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरिएको छ । भीनपा वडा नं। १ र ९ बाट शनिबार एक साथ औपचारिक रुपमा कार्यक्रम सुरु गरिएको छ ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले ती दुबै वडामा कार्यक्रमको उद्घाटन गरे । यो कार्यक्रम भीनपाका सबै वडामा सञ्चालनका लागि योजना र कामदार छनौट गरिएका छन् ।
नगर प्रमुख विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सफल र प्रभावकारी बनाउने गरी सञ्चालन गरिएको बताए । ‘यो कार्यक्रमलाई प्रभावकारी बनाउने गरी योजना छनौट गरिएको छ, त्यसका आधारमा आज सुरु गरियो’ उनले भने,‘यो कार्यक्रमले नगरको विकासमा टेवा पुग्ने आशा छ ।’
नगर प्रमुख विष्टले दुबै ठाउँका उद्घाटन कार्यक्रममा देखिएको उत्साहले समृद्ध नगर बनाउन सहयोग पुग्ने उल्लेख गर्दै सबै वडामा उत्साहजकन रुपमा कार्यक्रम सञ्चालन गरिने बताए । ‘यो उत्साहले नगरको विकासका लागि आम समुदायको एकता देखिएको छ, यो एकता अन्य वडामा पनि हुन्छ’ उनले भने ।


ती दुबै वडामा प्रधानमन्त्री रोजागर कार्यक्रम अन्र्तगत पदमार्ग निर्माण सुरु गरिएका छन् ।
भीनपा वडा नं। १ मा बाराकुण्डादेखि विष्णु मन्दिर धामको गोमती कुण्डसम्म पदमार्ग बनाउन लागिएको छ । यो पदमार्ग निर्माणपछि बाराकुण्डाबाट भक्तजन तथा पर्यटकहरुलाई गोमती कुण्डसम्म जान सहज हुने छ । बाराकुण्डाको उद्घाटन कार्यक्रममा नगर प्रमुख विष्ट सहित वडा सदस्य माया सार्की, स्थानीय चक्र बहादुर विष्ट, रबिन्द्र कुँबर लगायतका सहभागी भए ।
नगर प्रमुख विष्टले रिबन काटेर उद्घाटन गरेपछि फाउराले आफैंले खनेर पदमार्ग निर्माण सुरु गरेका थिए । स्थानीय पदम ढोलीले रोजागर कार्यक्रम राम्रो लागेको बताए । ‘यो कार्यक्रम राम्रो छ, विकास हुन्छ, काम पाईएको छ’ उनले भने ।
भीनपा वडा नं। ९ मा मटेनादेखि कालिताल झरना पर्यटन मार्ग सुरु गरिएको छ । कार्यक्रममा नगर प्रमुख विष्ट सहित वडा अध्यक्ष राम नाथ, वडा सदस्यहरु रमा पाल, जय बहादुर जोशी लगायतका सहभागी भएका छन् ।


वडा अध्यक्ष नाथले पदमार्ग निर्माणले कालिताल झरनालाई पर्यटकीय गन्तव्य बनाउन सहयोग पुग्ने बताए । ‘यो बाटो बनेपछि कालिताल जान सहज हुन्छ, यसबाट पर्यटक बढ्छन्’ उनले भने ।
स्थानीय तह निर्वाचनपछि नगर क्षेत्रका पर्यटकीय स्थल खोजीका क्रममा चुरे क्षेत्रमा कालिताल झरना भेटिएको हो । निलताल समेत चिनिने यस झरनाको प्रचारप्रसारका लागि कार्यक्रम सुरु गरिएका छन् ।


प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक केशव विष्टले कार्यक्रम अन्र्तगत सबै वडाबाट २५÷२५ जना छनौट गरिएको बताए । वडाबाट छनौट योजनाका आधारमा उनीहरुलाई काममा लगाइएको छ ।
‘सबै वडामा योजना छनौट र कामदार छनौट गरी कार्यक्रम सुरु गरिएको छ’ उनले भने,‘यसलाई सबै वडामा सुरु गर्र्छौ ।’
कार्यक्रम अन्र्तगत छनौट भएर काममा सहभागीलाई दैनिक ५ सय १७ रुपैँया ज्याला तोकिएको छ । सरकारले बेरोजगार लक्षित गरी सुरु गरेको कार्यक्रम अन्र्तगत कामदारले ८ घण्टा मात्रै काम गर्नु पर्नेछ ।



आइतबार १५, असार २०७६ १०:२७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.