स्कुल जाँदै गरेका विद्यार्थी चढेको ट्रयाक्टर दुर्घटना, तीनको मृत्यु, चार घाइते

Yugnepal     848 पटक पढिएको    

स्कुल जाँदै गरेका विद्यार्थी चढेको ट्रयाक्टर दुर्घटना, तीनको मृत्यु, चार घाइते

 

 

मंगलसेन,  स्कुल जाँदै गरेका विद्यार्थी चढेको ट्रयाक्टर आज बिहान दुर्घटना भएको छ। दुर्घटनामा तीन विद्यार्थीको मृत्यु भएको छ भने चार घाइते भएका छन्।

अछामको चौरपाटी गाउँपालिका–३ शोकटस्थित मुली कोलगैरामा ट्र्याक्टर दुर्घटना भएको हो। आज बिहान से १ त ७८३९ नं।को ट्रयाक्टर दुर्घटना हुँदा तीन विद्यार्थीको मृत्यु भएको छ भने चार विद्यार्थी घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

चौरपाटी गाउँपालिका–२ स्थित दशपल्ले माविमा अध्ययनरत रमेश साउद, लक्ष्मी साउद र काली साउदको मृत्यु भएको दशपल्ले माविका शिक्षक लोकबहादुर बोगटीले बताए। उनीहरूको घटनास्थलमै मृत्यु भएको जनाएको छ।

दुर्घटनामा चार जना विद्यार्थी घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ।

ट्रयाक्टर चालकले भने सकुसल छन्। उनले ट्रयाक्टरबाट हाम फालेको जनाएको छ।

घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले बताए।

 



बुधबार ११, असार २०७६ १०:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.