२०७९ साउन २१ गते शनिबार युग संवाददाता
सिन्धुपाल्चोक जिल्लाको घुम्थाङ, धाप, नाकाते, र आसपास ठूलो वर्षा भएको छ ।२०७९ साउन १९ गते बिहिबार युग संवाददाता
लुम्बिनी प्रदेश सरकारले प्रदेशका १२ वटै जिल्लाका ट्राफिक प्रहरीलाई १६ वटा मोटरसाईकल प्रदान गरेको छ ।२०७९ साउन १९ गते बिहिबार युग संवाददाता
लामो समयदेखि रोकिएको पर्सा राष्ट्रिय निकुञ्ज हुँदै बाराको पिलुवा भएर गढीमाईसम्म ३३ केभी क्षमताको भूमिगत विद्युत् प्रसारण लाइन जडानको काम अघि बढ्ने भएको छ ।२०७९ साउन १९ गते बिहिबार युग संवाददाता
१० वर्षे शसस्त्र द्वन्द्वको उद्गम स्थलको रुपमा रहेको बागलुङको ताराखोलाका शहीद, बेपत्ताका परिवार तथा घाइतेलाई गाउँपालिकाबाट मासिक भत्ता प्राप्त गर्ने भएका छन् ।२०७९ साउन १८ गते बुधबार युग संवाददाता
उदयपुरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको कटारी नगरपालिका– ६ रिस्कुमा करेन्ट लागेर १९ वर्षिय बिपिन विकको ज्यान गएको हो ।२०७९ साउन १८ गते बुधबार युग संवाददाता
अविरलको वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका– ८ लाहुरे खोच डुम्रीबोटमा सप्तकोसी नदीको बाँध फुटेको छ ।२०७९ साउन १७ गते मङ्गलबार युग संवाददाता
म्याग्दीको मालिका गाउँपालिका–२, रुमको तामेङ गाउँमा पहिरोमा परी पाँच जनाको ज्यान गएको छ ।२०७९ साउन १७ गते मङ्गलबार युग संवाददाता
पहिरोका कारण गए राति ११ बजेदेखि बन्द भएको मुग्लिन–नारायणगढ सडक खण्ड अझै खुलेको छैन । पहिरो पन्छाउने काम भइरहे पनि आज बेलुकीअघि सडक खुलाउन सकिने सम्भावना कम रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता नरहरि अधिकारीले बताए ।२०७९ साउन १७ गते मङ्गलबार युग संवाददाता
पहिरोका कारण मुग्लिन-नारायणगढ सडक खण्ड ठप्प भएको छ । गएराति ११ बजेदेखि नै यो सडक खण्ड ठप्प भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।२०७९ साउन १६ गते सोमबार युग संवाददाता
बर्दियाको मधुवन नगरपालिका–८ कुसुम्बाघाट जङ्गलबाट लागुऔषध (ब्राउन सुगर) सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।२०७९ साउन १५ गते आइतबार युग संवाददाता
सर्लाहीमा बसबाट ओर्लदैं गरेका एक यात्रुको सर्ट ढोकामा अल्झिएर भुइँमा लड्दा मृत्यु भएको छ ।२०७९ साउन १४ गते शनिबार युग संवाददाता
बैतडीमा चितुवाको आक्रमणबाट आज एक वृद्ध घाइते भएका छन् । घाइते हुनेमा मेलौली नगरपालिका–२ कोटका ७० वर्षीय गणेशबहादुर चन्द छन् ।२०७९ साउन १३ गते शुक्रबार युग संवाददाता
कैलालीको कैलारी गाउँपालिका–७ का वडा सदस्य एवम् गाउँपालिकाको गाउँ सभा सदस्य ४२ वर्षीय उमेशकुमार चौधरीको निधन भएको छ ।२०७९ साउन ११ गते बुधबार युग संवाददाता
कञ्चनपुरबाट काठमाडौँका लागि छुटेको ना ५ ख ५१०० नम्बरको बस आफैँ अनियन्त्रित भई सडक छेउमा पल्टिँदा बसमा आगलागी भएको छ ।२०७९ साउन ११ गते बुधबार युग संवाददाता
विषालु च्याउ खाँदा मङ्गलबार बैतडीमा पाँचजना बिरामी परेका छन् । मेलौली नगरपालिका–५ खलीगाडमा एकै घरका उनीहरु बिरामी परेका हुन् ।२०७९ साउन ०९ गते सोमबार युग संवाददाता
अछाममा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुका अमर विष्टको घर पुरिँदा एकै घरका तीन जनाको ज्यान गएको हो ।२०७९ साउन ०८ गते आइतबार युग संवाददाता
कैलालीको कैलारी गाउँपालिका–७ रामपुरस्थित कटैनी नदीको अस्थायी पुल पुनर्निर्माण नहँुदा स्थानीयलाई सास्ती भएको छ ।२०७९ साउन ०७ गते शनिबार युग संवाददाता
सशस्त्र प्रहरीले धनगढीबाट श्रोत नखुलेको भारतीय रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।२०७९ साउन ०६ गते शुक्रबार युग संवाददाता
पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।२०७९ साउन ०५ गते बिहिबार युग संवाददाता
तीन दिनदेखिको लगातारको वर्षाका कारण जिल्लाको सेती नदीमा पानीको बहाव बढेको छ । बहाव बढेकाले नदी आसपासका बस्तीमा खतरा बढेको जनाउँदै सचेत रहन जिल्ला प्रशासन कार्यालयले यहाँका सबै नागरिकलाई आग्रह गरेको छ ।२०७९ साउन ०३ गते मङ्गलबार युग संवाददाता
बैतडीको पञ्चेश्वर गाउँपालिकाको एम्बुलेन्स धनगढीमा थन्किएको पाँच महिना बढी भइसक्दा समेत पालिकाले चासो दिएको छैन् । एम्बुलेन्स नहुँदा बिरामीले सास्ती भोग्दा समेत एम्बुलेन्स ल्याउने बिषयमा पालिकाले चासो नदिएको गुनासो बढेको छ ।२०७९ साउन ०१ गते आइतबार युग संवाददाता
बलात्कार गरेको आरोप लागेको बैतडीको पुर्चौडी बहुमुखी क्याम्पसका निवर्तमान प्रमुख राजेन्द्र नेगीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनले प्रहरीमा उपस्थित भइ आइतबार आफै गिरफ्तारी दिएपछि उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।२०७९ साउन ०१ गते आइतबार युग संवाददाता
कर्णाली नदीमाथि सुदूरपश्चिम र कर्णाली प्रदेश जोड्ने थप दुई पक्की पुल निर्माण सम्पन्न छन् । सुदूरपश्चिम प्रदेशको कैलाली र कर्णाली प्रदेशको सुर्खेत जिल्ला जोड्ने पुल बनेका हुन् ।२०७९ असार ३२ गते शनिबार युग संवाददाता
कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा शनिबार एकजनाको मृत्यु भएको छ । से ४ प ४९३९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा कैलारी गाउँपालिका–१ बस्ने २१ वर्षीय नैनबहादुर चौधरीको मृत्यु भएको हो ।२०७९ असार ३१ गते शुक्रबार युग संवाददाता
धनगढी उपमहानगरपालिकाको एक सडकमा स्थानीयले सडक नबन्नुको कारण सहितको पोस्टर सडकको बिचमै गाडेका छन् ।