बारामा २० किलोग्राम चरेससहित ३ जना पक्राउ

युग संवाददाता     154 पटक पढिएको    

बारामा २० किलोग्राम चरेससहित ३ जना पक्राउ

बारा / बारास्थित सशस्त्र प्रहरी गस्ती टोलीले एउटा अटो रिक्साबाट ठुलो मात्रामा लागु औषध चरेस बरामद गरेको छ । सशस्त्र प्रहरी १२ नम्बर हेक्वा मातहत बारा बेनौली  सशस्त्र प्रहरी बोर्डर आउटपोष्टको टोलीले आज बिहान पचरौता नगरपालिका ७ स्थित ना १ ह ६२३४ नम्बरको अटोबाट २० किलोग्राम लागु औषध चरेससहित तीन जनालाई पक्राउ परेको हो । 

पक्राउ पर्नेमा वीरगन्ज नगवा टोलका ३० वर्षीय मुकेश श्रीवास्तब, वीरगन्ज छपकैयाका वर्ष १६ का मुस्तुफा देवान र अटो चालक बारा महागढिमाई नगरपालिका १ का वर्ष ३७ का मुस्ताज देवान रहेको सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख डिआइजी गणेश ठाडा मगरले बताएका छन् ।  बरामद चरेस र अटो सहित तिनै जनालाई आवश्यक कारबाहीको लागि नेपाल प्रहरी लाई बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी बाराले जनाएको छ ।



शुक्रबार २१, असोज २०७९ १०:४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.