६१ ग्राम ब्राउनसुगरसहित तीन पक्राउ

युग संवाददाता     136 पटक पढिएको    

६१ ग्राम ब्राउनसुगरसहित तीन पक्राउ

नेपालगञ्ज / लागूऔषध नियन्त्रण ब्यूरो र जमुनाहा प्रहरीको टोलीले ६१ ग्राम ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ । जमुनाहामा जाँच गर्ने क्रममा शनिबार साँझ जसयपुरका मेराज अन्सारीलाई ५० ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको छ ।

लागूऔषध नियन्त्रण ब्यूरोका सई सन्जीत केसीको टोलीले अन्सारीलाई पक्राउ गरेको हो । युपी ४० के २६८० नम्बरको मोटरसाइकलमा सवार अन्सारीले हाफ पाइन्टको खल्तीमा ब्राउनसुगर राखेका थिए । त्यस्तै, दिउँसो ब्यूरो र जमुनाहा प्रहरीले जुम्लाका दुई जनालाई ११ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको छ ।

क १ प ११९७ नम्बरको मोटरसाइकल चलाएका किसन नेपालीले लगाएको हेल्मेटभित्र खैरो हेरोइन राखिएको थियो । मोटरसाइकलमा पछाडि बसेका अरुण भण्डारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । सीमावर्ती भारतीय बजार रुपैडिहामा सहजै पाइने लागूऔषध नेपाली कारोबारी र प्रयोगकर्ताले बोकेर ल्याउने गर्छन्।



शनिबार २२, असोज २०७९ ०२:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.