हुम्ला / हुम्लाको चंखेली गाउँपालिका–६ मा पहिरोले एक घर पुरिँदा ४ जना बालबालिकाको मृत्यु भएको छ ।
लगातार परेको पानीले घरमाथि पहिरो जाँदा घर पुरिएको बताइएको छ । स्थानीय ध्रुवकुमार शाहीले बताए । पहिरोमा परि घाइते ३ जनाको उद्धार गरिएको छ । सदरमुकाम सिमकोटबाट ३ दिन हिँडेपछि घटनास्थल पुगिने बताइएको छ ।
घाइते ३ जनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । अहिले पनि झरी परिरहेकोले पुरिएकाको शव निकाल्न नसकिएको बताइएको छ ।
प्रतिकृया दिनुहोस