काठमाडौं, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराईले सरकारको कमजोर सेवाप्रवाहका कारण उत्पन्न जनअसन्तुष्टिलाई उपयोग गरी व्यवस्था उल्टाउने प्रयास भइरहेको बताएका छन्।
उनले विदेशी शक्तिहरू र देशभित्रका शक्तिहरूले सरकारविरोधी सबैलाई एक ठाउँमा ल्याउने प्रयास गरिरहेको पनि उल्लेख गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीका ‘कोर टीम’ का एक जना सदस्य भट्टराईको यस्तो अभिव्यक्ति सार्वजनिक हुनु प्रधानमन्त्रीलाई प्राप्त सूचनाको आधारमा हो भन्नेमा कुनै शंका छैन। उनले व्यवस्था उल्टाउने प्रयास कसले गरेको भन्ने चाहिँ उल्लेख गरेका छैनन्।
भट्टराईले ट्वीट गर्दै लेखेका छन्, ‘बढ्दो जनअपेक्षा, सरकारको कमजोर डेलिभरी प्रणाली, यसबाट उत्पन्न जनअसन्तुष्टिलाई सक्दा व्यवस्था उल्टाउने, नभए सरकारविरुद्ध प्रयोग गर्ने। ककसलाई कसो गरी एक ठाउँमा ल्याउन सकिन्छ भनी भित्रबाहिरका शक्तिहरू सक्रिय रहेको अवस्था। इतिहास दोहोर्याउने कुचेष्टा।’
बढ्दो जन अपेक्षा, सरकारको कमजोर डेलिभरी प्रणाली, यसबाट उत्पन्न जनअसन्तुष्टिलाई सक्दा व्यवस्था उल्टाउने नभए सरकारका विरुद्ध प्रयोग गर्ने ।ककस्लाई के कसोगरी एक ठाउँमा ल्याउन सकिन्छ भनी भित्र बाहिरका शक्तिहरु सक्रिय रहेको अवस्था । इतिहास दोहोर्याउने कुचेष्टा
अघिल्लो साता प्रधानमन्त्रीले पनि पत्रकार सम्मेलन आयोजना गरी घुमाउरो भाषामा ०१७ साल फर्काउने प्रयास भइरहेको बताएका थिए। उनले उक्त पत्रकार गुठी विधेयकबारे बोल्दै पञ्चायतकालमा जनताले मूर्ति जोगाएको प्रसंग उल्लेख गरेका थिए। पत्रकार सम्मेलनमा ओलीले पूर्वराजा ज्ञानेन्द्रप्रति संकेत गर्दै भनेका थिए, ‘यसै देशमा मध्यरातमा क्रेन लिएर गएर सिँगै मुर्ति भक्तपुरको चोकैमा मर्काको पनि सम्झना आउँछ। यो त त्यही देश होला जहाँ जनताले रक्षा गर्नु परेको थियो।’
प्रतिकृया दिनुहोस