कांग्रेस नेतृत्वलाई गगनको प्रश्न, अनुहारमा लागेको दागलाई डिम्पल भनेर बस्नेकी मेट्नतिर लाग्ने

Yugnepal     1123 पटक पढिएको    

कांग्रेस नेतृत्वलाई गगनको प्रश्न, अनुहारमा लागेको दागलाई डिम्पल भनेर बस्नेकी मेट्नतिर लाग्ने

 

काठमाडौं। कांग्रेस नेता गगन थापाले महाधिवेशनले कमजोर कांग्रेसलाई तगडा बनाउने बताएका छन । 

राजधानीमा सोमबार जीपि कोइराला अध्ययन केन्द्रले स्वर्गीय गिरजाप्रसाद कोइरालाको ९५औं जन्मजयन्तिका अवसरमा गरेको कार्यक्रममा उनले महाधिवेशनबाट मात्रै कांग्रेस तगडा हुने बताएका हुन । 

थापाले महाधिवेशनमा बिलम्ब हुँदा घाटा हुने भन्दै महाधिवेशन भए घाटा हुन्छ भन्ने कोही भए खुलेर आउन चेतावनी समेत दिए। ‘केन्द्रीय समितिले अब महाधिवेशनको बाटो तय गर्नैपर्छ, अब पनि महाधिवेशन नगर्दा कांग्रेसका लागि झनै घाटा छ, यदि महाधिवेशन गरौं भन्दा होइन घाटा हुन्छ भन्ने कोही हुन्छन भने आउनुस, खुलेर डिबेट गरौं,’ थापाले भने । 

थापाले पार्टीको इमेजमा गत निर्वाचनबाट नै दाग लागेको भन्दै दागलाई डिम्पल देख्ने हो भने झनै परिस्थिति असहज हुने बताए । 

‘पार्टीको इमेजमा दाग लागेको छ, अनुहारमा दाग लागेको छ  दागलाई डिम्पल सम्झेर बस्ने हो भने गल्तीबाट छुट्कारा पाइदैन, कहाँ कहाँ गल्ती भयो स्वीकारेर अघि बढौं थापाले भने ।



मङ्गलबार १०, असार २०७६ ११:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal