धितोपत्र बोर्डको जग्गा प्रहरीले कब्जा गर्यो, बोर्डले भवन बनाउन जग्गा नै पाएन

Yugnepal     755 पटक पढिएको    

धितोपत्र बोर्डको जग्गा प्रहरीले कब्जा गर्यो, बोर्डले भवन बनाउन जग्गा नै पाएन

धितोपत्र बोर्डको जग्गा प्रहरीले कब्जा गर्यो, बोर्डले भवन बनाउन जग्गा नै पाएन
 c दिएको जग्गामा यतिबेला महानगरिय प्रहरी वृत सातदोबाटो रहेको भवन रहेको छ ।

भवन बनाउन भन्दै बोर्डका तत्कालीन अध्यक्ष सुरविर पौड्यालले सातदोबाटोमा रहेका ढलोट कारखानाको जग्गा ५० वर्षको लागि सरकारसँग लिजमा लिएका थिए । बोर्ड र आईक्यानले सँगै एकै ठाँउमा जग्गा लिएको थियो ।

आईक्यानले जग्गा पाउनासाथ आफ्नो भवन बनायो तर बोर्डले त्यो समयमा भवन नबनाएर जग्गा छोडेपछि अहिलेसम्म पनि भवन निर्माणको लागि जग्गा अथवा घर नै चाहियो भन्दै सूचना जारी गरेर बसेको छ । यो सबै हुनुमा बोर्डका अधिकारीकाहरुको इच्छा शक्तिको अभाव भएको चर्चा हुन थालेको छ ।
तत्कालीन समयमा उक्त जग्गा लिएपछि बोर्डले भवन बनाउन भन्दै पूल्चोक इन्जिनियरीङ कलेजसँग छलफल समेत गरेको थियो । भवनको संरचना कस्तो बन्ने भनेर समेत कलेजले नै नमुना बनाएको थियो ।

‘उक्त समयमा क्याम्पसले नै लगभग १५ लाख रुपैयाँको लागतमा १ वर्ष भित्रमा भवन बनाइदिने भनेको थियो’ पौड्यालले भने,‘मेरो कार्यकाल सकियो, भवन बनाउने भनेर कोमल चित्राकारको संयोजकत्वमा कमिटि पनि बनेको थियो । तर भवन निर्माणको कामले गति लिएन, अहिलेसम्म पनि बोर्ड भाडामा नै बसेको छ, आफ्नै भवन छैन ।’

उनले थपे, ‘म पछि बोर्डमा बाबुराम श्रेष्ठ, डा। रेवत बहादुर कार्की अध्यक्ष हुनुभइसक्यो तर अहिलेसम्म बोर्डले आफ्नै भवन पाएन ।’
बोर्डलाई आफ्नै भवन जरुरी भएको उनको भनाई छ । उनी भन्छन,‘बोर्ड भनेको नियामक निकाय हो, नियामक निकायको आफ्नै भवन हुनु आवश्यक छ, यसको लागि सरकारले नै भवन दिनु पर्ने हो, सरकारले नदिएपनि आफैले भएपनि भवन खोज्नुपर्छ, नियामक निकायले विभिन्न खालका चुनौतीको सामना गर्नुपर्छ, त्यसैले भवन नभइ हुँदैन ।’

आगामी दिनमा बोर्डलाई आफ्नै भवनमा राख्न सरकार तात्नु पर्ने सरकार नतातेको खण्डमा बोर्ड आफैले भएपनि तत्काल भवन लिनुपर्ने उनको तर्क छ ।
यता धितोपत्र बोर्ड भने भवन खोज्ने कार्य जारी रहेको बताउँदै आएको छ । आठ वर्ष भन्दा अछि नै पाएको जग्गामा भवन बनाउने आँट नगरेको बोर्डले अहिले जग्गा तथा भवन खरिदको लागि तीन पटक भन्दा बढी सूचना जारी गरिसकेको छ तर पनि भनेजस्तो पाउन नसकेको बोर्डका अधिकारीहरुको भनाई छ । जग्गा पाएको समयमा भवन बनाउँन नसक्दा यति बेला बोर्डले मासिक ५ लाखको हाराहारीमा भाडा तिरेर कार्यालय सञ्चालन गरी रहेको छ । क्लिकमान्डु बाट 



शनिबार ०७, असार २०७६ ११:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal