ट्रम्पको १० मिनेट अघिको निर्देशनले रोकियो अमेरिका(इरान युद्ध )

Yugnepal     722 पटक पढिएको    

ट्रम्पको १० मिनेट अघिको निर्देशनले रोकियो अमेरिका(इरान युद्ध )

 

वासिङ्टन। इरान र अमेरिकाबीच तनाव लगातार बढिरहेको छ। पछिल्लो खबर अनुसार  अमेरिकाले इरानसंगको तनावकाबीच यूएन सिक्युरिटी काउन्सिलको बैठक बोलाउन आग्रह गरेको छ।

ईरानले अमेरिकाको शक्तिशाली सर्विलेन्स ड्रोनलाई खसालेपछि यी दुई देशबीच युद्धको वातावरण तयार भएको हो। त्यसपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानमा सैन्य कारवाईको मञ्जुरी दिएका थिए। तर, अन्तिम घडिमा आएर उनले सो आदेश फिर्ता लिएपछि दुईदेशीय युद्धको स्थिती तत्कालको लागि टरेको छ। उक्त विषय ट्रम्पले आफ्नो टुईटमा समेत बताएका छन्। अमेरिकाले भने ईरानले खसालेको ड्रोनको तस्वीर समेत सार्वजनिक गरेको छ। 

अमेरिकाले स्पष्ट रुपले चेतावनी दिएको छ कि उ ईरानमाथि आक्रमणको लागि हतार गर्ने पक्षमा छैन। बिहिबार राती राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानमा आक्रमणको आदेश दिएका थिए। तर हमलाको लागि तोकिएको समय भन्दा १० मिनेट पहिले यो निर्देशन फिर्ता लिए। मिडियामा आएको रिपोर्ट अनुसार ट्रम्पले ईरानलाई ओमानको माध्यमबाट एक चेतावनी सन्देश पनि पठाएको छ। यद्यपि इरानले यो कुरालाई इन्कार गरेको छ। 
यसपछि शुक्रवार ट्रम्पले सिलसिलेवार तरिकाले ट्वीट गर्दै दुनियाँलाई यो बताएका छन् कि उनले आदेश फिर्ता किन लिए भनेर। 

उनले ट्वीटरमा लेखेका छन् ुहामीले अन्तराष्ट्रिय समुद्री इलाकामा निरीक्षणको लागि उडाएको ड्रोन इरानले खसालेकोले त्यहाँ आक्रमणको आदेश दिएको थिएँ ।ु तर, त्यहाँका सेना प्रमुखले ठूलो संख्यामा नागरिकहरुको ज्यान जाने भनेपछि उक्त फैसला रोकेको उनले उल्लेख गरेका छन्। 

अमेरिकाले ईरान र खाडीमा घटेको पछिल्लो घटनाक्रममा संयुक्त राष्ट्र सुरक्षा परिषदको एक बैठक बोलाउन आग्रह गरेका हुन्। यस बैठकमा खाडीमा तेल ट्याङ्करमाथि भएको हमला र एक अमेरिकी जासूसी ड्रोनलाई ईरानद्वारा खसालिएको विषयमा चर्चा हुने अमेरिकी सञ्चारमाध्यमहरुले बताएका छन्। त्यस्तै, सुरक्षा परिषद्को बैठक सोमवार दिउँसो बस्दैछ।

ड्रोनलाई गिराएपछि भड्किएका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ईरानमाथि आक्रमणको आदेश दिएका थिए। तर, कारबाहीभन्दा ठीक १० मिनेट पहिले त्यो निर्देशन फिर्ता लिएका थिए। रिपोर्ट्सका अनुसार, राष्ट्रपति ट्रम्पले बिहीबार राती वरिष्ठ नेताहरु र अधिकारीहरुको साथमा अहम बैठक बसेका छन्। सुरुवातमा ट्रम्पले ईरानको निश्चित भागमा टारगेट गरेर सैन्य हमलाको आदेश दिएका थिए।

त्यतिबेला उनले राडार र मिसाइल ब्याटेरियलहरुमा आक्रमणको लागि सहमति जनाएका थिए। तर, अचानक उनले त्यो आदेश फिर्ता लिए। ट्रम्पले शुक्रवार भने उनी ईरानमा बम गिराउनको लागि हतारमा नरहेको स्पष्ट पारेका छन्। उनले यो पनि बताएका छन् कि अमेरिकी सेनाहरुले टारगेट सेट गरेर हतियार लोड गरिसकेका थिए। तर, धेरै संख्यामा मानिसको ज्यान जाने देखेर त्यसलाई बचाउनको लागि अन्तिम ८ मिनेटमा फैसला फिर्ता लिएका छन्।

दोस्रो तर्फ ईरानले ड्रोनको बारेमा शुक्रवार भनेको छ कि ओमानको खाडीको माथि उडिरहेको अमेरिकी जासूसी ड्रोनलाई खसाल्नु भन्दा पहिले दुईपटक चेतावनी दिएको उल्लेख गरेको छ। सो क्षेत्रमा जारी तनावलाई देखेर कैयौं अन्तर्राष्ट्रिय एयरलाइन्सले ईरान र आसपास हुँदै आउने(जाने फ्लाइट्सहरुलाई रोक लगाइएको छ।



शनिबार ०७, असार २०७६ ०९:१७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal