तरकारी बेच्ने किसान सवार जीप दुर्घटना, चारको मृत्यु

Yugnepal     650 पटक पढिएको    

तरकारी बेच्ने किसान सवार जीप दुर्घटना, चारको मृत्यु

तरकारी बेच्ने किसान सवार जीप दुर्घटना, चारको मृत्यु

धादिङ,  तरकारी बेच्ने किसान सवार जीप धादिङको गल्छी गाउँपालिका–४ कार्कीडाँडाबाट गल्छी बजार आउँदै गरेको दुर्घटना भएको छ। दुर्घटनामा चार जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, दुर्घटनामा गल्छी–४ का ३८ वर्षीय राजु रम्तेल, सेतु मिजार, गल्छी–६ की ३० वर्षीया कान्छी भुजेल र नानु तामाङको मृत्यु भएको हो। दुर्घटनामा १२ जना घाइते भएका छन्।

बा १८ च ९४०८ नम्बरको तरकारी लिएर गल्छी बजार आउदै थियो। जीपमा तरकारी बेच्ने किसान सवार थिए।

सच्ची सडकको मोडमा घुमाउन नसक्दा जीप ५० मिटर तल खसेको प्रहरीले जनाएको छ। जीप चालक सुजन रम्तेल फरार रहेका छन्।

घाइतेको स्थानीय गजुरी अस्पताल, गल्छी स्वास्थ्यचौकीमा उपचार भइरहेको छ। गम्भीर घाइते पाँच जनालाई थप उपचाकार लागि काठमाडौं पठाएको छ।



शुक्रबार ०६, असार २०७६ ०३:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal