इरानले खसाल्यो अमेरिकी जासुसी विमान, ट्रम्प भन्छन्– इरानले ठूलो गल्ती गर्‍यो

Yugnepal     864 पटक पढिएको    

इरानले खसाल्यो अमेरिकी जासुसी विमान, ट्रम्प भन्छन्– इरानले ठूलो गल्ती गर्‍यो

इरानले खसाल्यो अमेरिकी जासुसी विमान, ट्रम्प भन्छन्– इरानले ठूलो गल्ती गर्‍यो 

काठमाडौं । इरानले अमेरिकाको जासुसी सैन्य विमान खसालेको छ । इरानले आफ्नो दक्षिणी क्षेत्रमा आएको अमेरिकी सैन्य ड्रोन खसालेको बताएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकी विमान खसालेर ठूलो गल्ती गरेको चेतावनी दिएका छन् । इरानले अमेरिकी विमान खसालेसँगै दुई मुलुकबीचको तनाव थप बढ्नसक्ने अनुमान गरिएको  छ । 

यसअघि अमेरिकी अधिकारीले ड्रोन खसालेको घटनालाई पुष्टि गरेका थिए । इरानले हवाई क्षेत्रको उलंघन गर्दै आएको अमेरिकी विमानलाई खसालेको बताएको छ । 

इरानको विदेश मन्त्रालयले अमेरिकाको यो कदम र ट्रम्पको प्रतिक्रियाको विरोध गरेको छ । अमेरिका र इरानको बीचमा परमाणु सम्झौताको विषयलाई लिएर तनाव बढिरहेको अवस्थामा यस्तो घटना भएको हो । गत वर्ष अमेरिकाले इरानसँग भएको परमाणु सम्झौताबाट बाहिरिने निर्णय गरेको थियो । 

अमेरिकाले इरानमाथि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को प्रस्ताव २२३१ को उल्लंघन गरेको आरोप लगाउँदै आएको छ । 



शुक्रबार ०६, असार २०७६ ११:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal