कर्णालीमा वेपत्ता यात्रुको खोजीमा हेलिकप्टर र गोताखोर

Yugnepal     763 पटक पढिएको    

कर्णालीमा वेपत्ता यात्रुको खोजीमा हेलिकप्टर र गोताखोर

 

हुम्ला,  कर्णाली नदीमा वेपत्ता भएका यात्रुको खोजीमा हेलिकप्टर र गोताखोर प्रयोग गरिएको छ।

बिहीबार बिहानैदेखि नेपाली सेनाको हेलिकप्टर र सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन गरिएको छ। बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा खटिएका छन्।

 कर्णालीमा वेपत्ता यात्रुको खोजी गर्दै सशस्त्र प्रहरीको गोताखोर टोली।

 कर्णालीमा वेपत्ता यात्रुको खोजी गर्दै सशस्त्र प्रहरीको गोताखोर टोली।

असार ३ गते हुम्लाको खार्पुनाथ गाउँपालिका उपाध्यक्षसहित १० यात्रु बोकेको  लु १ ज ७१६६ बोलेरो कर्णाली नदीमा खसेको थियो।  त्यसमा खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु शाही हमाल, उनका भाइ चन्द्र हमाल, गाडीका चालक मणि शाही, ढुक्कु भण्डारी नामले चिन्ने नैनसिंह भण्डारी, वसन्ती शाही, नन्ददेवी सिंह, खार्पुनाथ गाउँपालिका–१ काकौर कामी र उनको दुई वर्षको छोरा र गाडीको वल्डिङ गर्न गएका एक जना मिस्त्री रहेका थिए।

 कर्णालीमा वेपत्ता यात्रुको खोजी गर्दै सशस्त्र प्रहरीको गोताखोर टोली।

 कर्णालीमा वेपत्ता यात्रुको खोजी गर्दै सशस्त्र प्रहरीको गोताखोर टोली।

आजसम्म गाडी र यात्रु भेटिएका छैनन्। गाडीमा सवार उपाध्यक्ष हमालको झोला हिजो नदी किनारमा भेटिएको थियो।

कर्णाली नदीमा पानी वहाव धेरै रहेको र चिसो पनि भएकाले खोजी गर्न कठिन भएको थियो। आज भने गोताखोर र सेनाको हेलिकप्टरबाट खोजि भइरहेको छ।



बिहिबार ०५, असार २०७६ ०४:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal