त्रिचन्द्र अगाडि नेविसंघ कार्यकर्तामाथि प्रहरी हस्तक्षेप, आधा दर्जन घाईते

युग समाचार माघ १५

Yugnepal     1090 पटक पढिएको    

त्रिचन्द्र अगाडि नेविसंघ कार्यकर्तामाथि प्रहरी हस्तक्षेप, आधा दर्जन घाईते

 प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले गरेको विरोध कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरेको छ । सोमबार दिउँसो त्रिचन्द्र क्याम्पस अघि नेविसंघ महामन्त्री सरोजकुमार थापा नेतृत्वको टोलीले विरोध प्रदर्शन सहित प्रधानमन्त्रीको पुत्ला दहन गर्ने कार्यक्रम थियो । 

सोही क्रममा पुत्ला जलाउन लाग्दा प्रहरीले विद्यार्थी कार्यकर्ताहरुमाथि लाठीचार्ज गरेको थियो । सोही क्रममा सहमहामन्त्री प्रेम जोशी सहितका आधा दर्जन विद्यार्थी नेताहरु घाईते भएको महामन्त्री सरोज कुमार थापाले जानकारी दिए । उनले शान्तिपूर्ण रुपमा गरिएको विरोध कार्यक्रममा ओली सरकारको निर्देशनमा प्रहरीले हस्तक्षेप गरेको विषयमा आपत्ति जनाएका छन् । 

महामन्त्री थापाले पञ्चायती शासनशासन काल र राजाको प्रत्यक्ष शासनमा सेनासँग समेत नडराएको नेपाल विद्यार्थी संघ ओली सरकारसँग नडराउने चेतावनी दिए । उनले ओली सरकारले यसरी नै शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप गर्दै जाने हो भने सडक आन्दोलनबाटै ओली सरकारलाई सत्ताच्यूत गर्ने चेतावनी समेत दिएका छन् ।

उनले सार्वजनिक महत्व र जनचासोको विषयमा सरकारलाई झक्झक्याउने उद्देश्यले नेविसंघ शान्तिपूर्ण आन्दोलनमा उत्रिएको भन्दै शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप हुँदैगए त्यसले परिणाम राम्रो नल्याउने चेतावनी समेत थापाले दिएका छन् । 



मङ्गलबार १५, माघ २०७५ ०६:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.