एमसिसीले ल्याएको राजनीतिक तरंग

Sunil Auji     1007 पटक पढिएको    

एमसिसीले ल्याएको  राजनीतिक तरंग

सत्तारूढ दलभित्र नै एमसिसी सम्झौताका विषयमा चर्को विवाद देखिएको छ । यो विषयलेसबैको ध्यान खिचिरहेको अवस्था छ । संसदद बाहिर रहेका पार्टी र संसद् भित्रका केही दलहरूले एमसिसीको विरोध गरिरहेका छन् । नेपाली कांग्रेस खुलेरै एमसिसी पास गर्ने पक्षमा लागेको छ । त्यसका लागि प्रधानमन्त्री देउवा नेताहरूलाई फकाउने तिर लागिरहेका देखिन्छन् । सत्ता गठबन्धनभित्र यसको पक्ष र विपक्षमा ठूलो विवाद बढेर गएको छ । नेपपा समाजवादीका अध्यक्ष माधव, माओवादी अध्यक्ष प्रचण्ड संशोधनविना पास गर्ने पक्षमा छैनन् । सर्वसम्मत समाधान खोज्नका लागि  धेरै बैठक र छलफल भए तर अहिलेसम्म निकास निस्कन सकेको छैन । 
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुमोदनको मिति नजिकिँदै जाँदा यो विषय थप पेचिलो बन्दै गएको छ । यही विवादका कारण वर्तमान सरकार थप संकटमा पर्न थालेको छ । अमेरिकाले आगामी २०७८ फागुन १६ गते (फेबु्रअरी २८, २०२२) सम्म सम्झौता पारित गर्न भनेको छ । नेपालका साना राजनीतिक दलहरू, विभिन्न संगठनहरू र स्वतन्त्र समूहहरूले एमसिसीको विरोध गरिरहेका छन् ।  पटकपटक छलफल भइरहेपनि हालसम्म यो विषयमा प्रगति भएको छैन ।
 कांग्रेसले एमसिसी संसदमा टेबुल गर्न सभामुखलाई अनुरोध गरिरहेपनि सम्पूर्ण राजनीतिक शक्तिहरूबीच पूर्ण सहमति नजुटीे टेबुल नगर्ने अडानमा सभामुख छन् । अब दलका नेताहरू देशप्रति गम्भिर बन्नुपर्ने बेला आएको छ । यतिखेर कसरी राष्ट्र बचाउने भन्ने चिन्ता हो । राष्टूको हितमा यो एमसिसी छैन भन्नेहरू पनि देशमा धेरै छन् । दलगत र गुटगत स्वार्थमा चुर्लुम्म डुबेर देश बर्बाद गर्ने खेलो सबैले बन्द गर्नुपर्छ । 
 



सोमबार ०९, फागुन २०७८ ०४:२० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.