किसान लक्षित कार्यक्रम बनाउ

Yugnepal     2619 पटक पढिएको    

किसान लक्षित कार्यक्रम बनाउ 
  प्रदेश स्थित भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले चैते धान खेती बढाउन थालेको अभियान सफल नहुने देखिएको छ । चैते धानलाई बिस्तारका लागि कृषकलाई अनुदानमा बिउँ दिने ब्यबस्था गरेपनि बीउँ किसानले नलगे पछि थन्किएको छ । मन्त्रालयले ५० प्रतिशत अनुदानमा चैते धानको बीउँ वितरणका लागि सुपका ५ वटा जिल्ला लाई छुट्याइएको   थियो । शत प्रतिशत अनुदान सहित बीउँ पाउने आसमा बसेका किसान लाई ५० मात्रै अनुदान उपलब्ध भएपछि किसानले बिउँ लगेनन् । सुरुमा शत प्रतिशत अनुदानमा बीउ पाइने आसा सहित किसानले निवेदन दर्ता गराएपनि ५० प्रतिशत मात्रै अनुदान पाउने जानकारी पाएपछि भने बिउँ लगेनन् ।  ५ वटै जिल्लाका किसानको माग अनुसार १६ टन बीउ छुट्याउँदा अहिले १ टन बिउँ मात्र किसानले लगेका छन् । सुरुमा ५ वटै आठ सय ८५ हेक्टर जमिनमा धान खेती गर्न जिल्लाबाट माग आएपनि अहिले भने कैलाली र कञ्चनपुरका किसानले मात्रै माग भन्दा निक्कै कम परिमाणमा बीउँ लगेका छन् । कैलाली, कञ्चनपुर, डोटी, अछाम र बैतडीमा अनुदानको बीउँ वितरणका लागि मन्त्रलायलेले सुचना जारी गरेको थियो ।  ५वटै जिल्ला बाट सुरुमा ६ सय ८५ बिघाका लागि चैते धानको माग आए पनि अहिले ५० प्रतिशत मात्र अनुदान दिएपछि किसानले बिउँ लगेनन । तर अहिले कैलाली र कञ्चनपुरका विभिन्न स्थानीय तहबाट मात्रै केही व्यक्ति गत र सामुहिक रुपमा किसानले चैते धानको बीउँ लगेका छन् ।  थोरै किसानलाई भएपनि शत प्रतिसत अनुदानमा बिउँ दिने ब्यबस्था गरेको भए मन्त्रालयको चैते धान खेती बिस्तार कार्यक्रममा थोरै भएपनि सकारात्मक प्रतिफल आउन सक्थ्यो होला त्यसैले मन्त्रालय तथा अन्य सरोकारवाला निकायले बिसानका लागि कार्यक्रम बनाउँदा उनीहरुको आवश्यकता र क्षमता अनुसारको कार्यक्रम बनाउन आवश्यक छ । आगामी दिनमा यसतर्फ प्रदेश सरकारको ध्यान पुगोस ।
 



आइतबार १२, फागुन २०७५ ०९:५७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.