व्यवस्थापन गर्न आवश्यक

Yugnepal     523 पटक पढिएको    

व्यवस्थापन गर्न आवश्यक


सरकारले संघीय शासन प्रणाली आरम्भको तत्कालीन व्यवस्थापन गर्न केन्द्र, क्षेत्र, जिल्ला र स्थानीय निकायमा कार्यरत रहेका कर्मचारीको समायोजन हतारमा गरेका कारण सेवा प्रवाहमा समस्या देखिएको छ । कर्मचारी समायोजनले एकातर्फ कर्मचारीको 
उत्प्रेरणालाई महत्व दिन सकेन । अर्कोतर्फ 
कर्मचारीको वृत्ति विकासलाई पनि हेक्का राख्न नसकेको कारण समस्या देखियो । सरकार आफनो कर्मचरीको कुशल व्यवस्थापनमा चुक्नु हुँदैनथ्यो । कर्मचारीहरूको मर्का व्यवस्थापन प्रशासनिक ढंगले हुन नसक्दा अहिले सो मुद्दा लिएर कर्मचारी सर्वोच्च अदालत पुगेका छन् र अदालतमा मुद्दा विचाराधीन छ । सरकारले दिनुपर्ने सार्वजनिक सेवा प्रवाह लथालिंग र अनुत्तरदायी बन्न पुगेको छ । 
सरकारले निर्णय गरेका नीति र कार्यक्रम जतिसुकै राम्रा भए पनि सक्षम, इमानदार, निष्पक्ष र उत्तरदायी जनशक्तिको अभाव भएमा लक्ष्य हासिल गर्न सकिदैन् । जनशक्ति सहि ढंगले  परिचालन भएन भने सरकारका नीति र कार्यक्रmम सफलतापूर्वक कार्यान्वयन हुदैनन् । तसर्थ जनशक्तिको विकास र परिचालनलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्छ । जनशक्तिको अभावमा बजेट, कार्यालय भवन वा उत्कृष्ट कार्यविधिको कुनै अर्थ रहँदैन । कर्मचारीको व्यवस्थापन सही ढंगले गर्न सकिएन भने सरकारले लिएको उद्देश्य हासिल गर्न सकिदैन् । 
अहिले जनशक्ति अभावमा स्थानीय सरकारले विकास निर्माण लगायतका काम गर्न सकेको छैन् । जसले गर्दा नागरिकमा नैराश्यता उत्पन्न भएको छ । 
कर्मचारी सक्षम भएनन्, नैतिकवान् भएनन्, 
नागरिकमैत्री भएनन् भने उद्देश्य हासिल गर्न कठिन हुन्छ । कर्मचारी व्यवस्थापनलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न देखिएका चुनौतीहरू पहिचान र समाधान गरी अघि बढ्नु आजको आवश्यकता हो ।



सोमबार १९, मङि्सर २०७९ ०३:२४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.