मन्त्री फेर्न प्रधानमन्त्री ओलीमाथि प्रचण्डको दबाब

Yugnepal     647 पटक पढिएको    

मन्त्री फेर्न प्रधानमन्त्री ओलीमाथि प्रचण्डको दबाब

 

 नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’।

काठमाडौं, असार ५ स् प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीमाथि मन्त्रिमण्डल पुनर्गठनका लागि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दबाब बढाएका छन्। साविक माओवादीबाट एक वर्षका लागि मात्र भनेर मन्त्री बनाइएका व्यक्तिहरू फेर्नुपर्ने बाध्यताका कारण पनि उनले दबाब बढाएका हुन्।

प्रधानमन्त्रीसँग हिजो अपरान्ह भएको लामो छलफलमा पनि दाहालले मन्त्रिमण्डल पुनर्गठनबारे कुराकानी गरेका थिए। तर प्रधानमन्त्री ओली भने मन्त्रिमण्डल पुनर्गठनबारे त्यति धेरै सकारात्मक देखिएका छैनन्।

तर, नेकपा स्थायी कमिटीका एक जना सदस्यले भने पार्टी नेतृत्वको कार्यविभाजनका असन्तुष्टिलाई समेत सम्बोधन गर्ने गरी सँगसँगै मन्त्रिमण्डल पनि हेरफेर हुनसक्ने बताए।

नेकपा उच्च स्रोतका अनुसार, साविक एमालेभित्रको गुटगत असन्तुष्टि यथावत छ। पार्टीभित्रको ‘ओली पक्ष’ मात्र सरकारको पक्षमा छ। ‘सरकारमा नसमेटिएको’ वरिष्ठ नेता माधवकुमार नेपाल खेमाको भूमिका लगभग प्रतिपक्षको सरह नै छ।

प्रचण्ड सकारात्मक रहँदा ओली(नेपाल पक्षलाई पेलेरै जान प्रधानमन्त्री तयार थिए तर दाहाल भने साविक माओवादी खेमाका मन्त्री फेर्नैपर्ने बाध्यतामा छन्। प्रचण्ड भने मन्त्री हुँदा राम्रो काम गरेर देखाएका जनार्दन शर्मा, अग्नि सापकोटाजस्ता दाहालनिकट नेताहरूलाई सरकारमा पठाउने पक्षमा रहेको स्रोतको दाबी छ।  

प्रचण्डले आज पोखरामा आयोजित एक कार्यक्रममा पनि ‘मन्त्रिपरिषद् पुनर्गठनबारे प्रधानमन्त्रीसँग छलफल भइरहेको’ सार्वजनिक अभिव्यक्ति दिएका छन्। तर प्रधानमन्त्री ओलीले यस विषयमा मौन बसेकाले उनीमाथि दबाब बढाउन यस्तो सार्वजनिक अभिव्यक्ति दिएको सहजै अनुमान गर्न सकिन्छ। 

प्रचण्डले भने, ‘अहिले मन्त्रिपरिषद्कै पनि पुनर्गठनकै पनि छलफल गरिराखेका छौँ । समीक्षा गरिराखेका छौँ । शायद् पर्यटन मन्त्रीकै कुरा पनि यसपटक चाहिँ टुंगिन्छ नै जस्तो लाग्छ मलाई ।



बिहिबार ०५, असार २०७६ १२:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal