‘नमूना मालपोत’ मा प्रधानमन्त्री नै ढिलो, त्यै पनि कालोझण्डा

Yugnepal     809 पटक पढिएको    

‘नमूना मालपोत’ मा प्रधानमन्त्री नै ढिलो, त्यै पनि कालोझण्डा

‘नमूना मालपोत’ मा प्रधानमन्त्री नै ढिलो, त्यै पनि कालोझण्डा 
छिटो, छरितो र गुणस्तरीय सेवा प्रदान गरिने छस् प्रधानमन्त्री ओली

 काठमाडौं । बुधबार दिउँसो माइतीघर मण्डलामा गुठी समर्थकहरुले सरकारविरुद्ध खबरदारीसभा गरिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र भूमि व्यवस्थामन्त्री पद्मा अर्याल कलंकीस्थित मालपोत कार्यालयमा देखा परे ।

कलंकी मालपोत कार्यालयलाई ‘नमूना कार्यालय’ घोषणा गरिएको भन्दै प्रधानमन्त्री ओली र मन्त्री अर्याल दुबैजनालाई बोलाइएको थियो ।

‘नमूना मालपोत कार्यालय’ को उदघाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अब मालापोतमा मात्रै होइन, शिक्षा र स्वास्थ्यका क्षेत्रमा पनि प्रविधिको प्रयोग गरेर छिटो, छरितो र गुणस्तरीय सेवा प्रदान गरिने छ ।’

प्रधानमन्त्री ओलीले अबको दुई बर्षभित्र देशका सबै मालपोत कार्यालयका ढड्डा र पुराना लिखतहरु डिजिटलाइज्ड भइसक्ने बताए ।

नमूना उदघाटन नै एक घण्टा ढिलो १

प्रधानमन्त्री ओलीले नमूना मालपोत कार्यालयको उदघाटन गर्दै देशैभरि छिटो छरितो काम हुने बताइरहँदा नमुना मालपोत कार्यालयको उदघाटन नै तोकिएको समयभन्दा एक घण्टा ढीलो सुरु भएको थियो ।

प्रधानमन्त्री ओली बिहान १० बजे कलंकी पुग्ने कार्यक्रम थियो । तर, उनी ११ बजेमात्रै पुगे । जबकि प्रधानमन्त्रीले ११ बजे प्रचण्डलाई बालुवाटारमा बोलाएका थिए ।

कालोझण्डाको सामना

मालपोत कार्यालयको डिजिटल सेवा उदघाटन गर्न पुगेका प्रधानमन्त्री ओलीलाई केही व्यक्तिले कालो झण्डासमेत देखाए । कालो झण्डा देखाउने मध्येका दुईजनालाई प्रहरीले पक्राउ गरेर कालीमाटीको हिरासतमा राखेको छ ।

यता माइतीघरको प्रदर्शनमा सहभागीहरुले चाहिँ भूमि व्यवस्था मन्त्री पदमा अर्यालको राजीनामासमेत मागेका थिए ।
    
 



बुधबार ०४, असार २०७६ ०२:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal