बझाङको मष्टा गाउँपालिकामा भएको जीप दुर्घटनामा नौ जनाको मृत्यु चार जना घाइते

Yugnepal     1072 पटक पढिएको    

बझाङको मष्टा गाउँपालिकामा भएको जीप दुर्घटनामा नौ जनाको मृत्यु  चार जना घाइते

बालबालिकासहित नौ जनाको मृत्यु


धनगढी– बझाङको मष्टा गाउँपालिकामा भएको जीप दुर्घटनामा नौ जनाको मृत्यु भएको छ। दुर्घटनामा परि चार जना घाइते भएका छन्।

दुर्घटनामा परि एक बालक, एक बालिका, तीन महिला र चार पुरुषको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी विश्वराज पोखरेलले जनाकारी दिए।

सदरमुकाम चैनपुरबाट मष्टा गाँउपालिका जाँदै गरेको से १ ज १०७२ नम्बरको जीप मष्टा गाउँपालिका वडा नम्बर–१ डौठीमा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक सुर्यबहादुर केसीले जानकारी दिए। मृतकको सनाखत भने अझै हुन नसकेको उनको भनाई छ। जीपमा कतिजना सवार थिए भन्ने बारेमा समेत अझै यकिन जानकारी हुन नसक्दा समस्या भएको उनले बताए।

जीप अप्ठ्यारो ठाँउमा खसेका कारण उद्दारमा समेत कठिनाई भइरहेको वडा प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक महानन्द जोशीले बताए। जीप दुर्घटनाको कारण भने अहिल्यै खुल्न नसकेको उनले बताए।

दुर्घटनाग्रस्त जीप भिरमा अड्किएको जनाइएको छ। बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, प्रहरी नायब उपरीक्षक सूर्य बहादुर केसी सहितको घटना स्थलतमा पुगेको छ।



सोमबार ०२, असार २०७६ ०७:०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal