आर्थिक वर्ष २०७६÷२०७७ का लागि सुदूरपश्चिम प्रदेश सरकारको बजेट २८ अर्ब, सुदूरपश्चिम प्रदेशमा पनि सांसदलाई ३ करोड

Yugnepal     1125 पटक पढिएको    

आर्थिक वर्ष २०७६÷२०७७ का लागि सुदूरपश्चिम प्रदेश सरकारको  बजेट २८ अर्ब, सुदूरपश्चिम प्रदेशमा पनि सांसदलाई ३ करोड

सुदूरपश्चिम  प्रदेश सरकारले २८ अर्ब १६ करोडको बजेट आज संसदमा प्रसतुत गरेको छ  ।
  प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रदेश सभामा २८ अर्व १६ करोड २० लाख ३५ हजार बराबरको बजेट प्रस्तुत गरेका छन् ।  चालुतर्फ १२ अर्ब ५७ करोड २६ लाख र पुँजीगततर्फ १३ अर्ब ६ करोड ४६ लाख बजेट विजियोजन गरिएको छ।सरकारले कृषि, सडक, खानेपानी, सिचाई, उर्जा, तटबन्ध आदि पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ। मुख्यमन्त्री एकिकृत कृषि कार्यक्रम अन्तरगत नमूना कृषि गाउँ आफै बनाउँ भन्ने नाराका साथ प्रत्येक स्थानीय तहलाई ५० लाखका दरले ४४ करोड बजेट विनियोजन गरिएको छ। प्रदेश सरकारले ‘ निर्वाचन क्षेत्र पुर्वाधार विकास कोषका लागि पनि बजेट छुट्याएको छ।  भने  प्रत्येक निर्वाचन क्षेत्रमा तीन करोड  रकम प्रदेश सरकारले  विनियोजन गरिएको  छ ।



आइतबार ०१, असार २०७६ ०६:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal