कैलालीमा रहेको - बेहडाबाबा मन्दिरका बारेमा तपाईलाई के थाहा छ । छैन भने पढ्नुहोस पुरा हुन्छ मनोकामना

Yugnepal     1493 पटक पढिएको    

कैलालीमा रहेको -  बेहडाबाबा मन्दिरका  बारेमा तपाईलाई  के थाहा छ । छैन भने पढ्नुहोस  पुरा हुन्छ मनोकामना

 

धनगढी– धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित बेहडाबाबा मन्दिरको आस्था परापुर्वकाल देखिरहदै आएको छ । यो मन्दीरमा बिशेष गरी गंगादशहरामा बिशेष महत्व रहदै आएको छ ।

मेलामा भारतीय पर्यटक सबैभन्दा बढी अवलोकन गर्न पुग्छन्। स्थानीयका अनुसार बेहड बाबा दर्शनको लागि आउने दर्शनार्थीमध्ये भारतीयको संख्या नै उल्लेख हुन्छ । बेहडाबाबा सुदूरपश्चिम प्रदेशको एक प्रमुख धार्मिक स्थलका रुपमा चिनिएको छ । यहाँ पत्नीलाभ, पुत्रलाभ, धनलाभलगायत धेरै मनोकांक्षा बोकेर तीर्थालु आउने गरेको स्थानीय बताउँछन् । राज्यको उचित लगानी हुन नसक्दा ओझेलमा पर्दै आएको छ ।

स्थानीयका अनुसार मन्दिर घनाजंगलको बीचमा छ । परापूर्वकालमा शिवलिंग आफै उत्पत्ति भएपछि त्यहाँ मन्दिर स्थापना गरिएको हो । मन्दिर परिसरमै महादेव नामको एउटा ठूलो तलाउ पनि रहेको छ । त्यस तलाउमा स्नान गरी दर्शनार्थी शिवजीको पूजा गर्ने गर्दछन् । माघे संक्रान्तिका दिन जलाशयमा स्नान गरी मन्दिरमा दर्शन गर्नाले वर्षभरिको पाप पखालिने जनविश्वास समेत रहँदै आएको छ ।

यसका अतिरिक्त त्यहाँ दर्शन गर्नाले पारिवारिक सुख, सन्तान लाभ, धनप्राप्तिका साथै नयाँ जोडी प्राप्त हुने विश्वास गरिन्छ । यस कारणले पनि त्यहाँ नेपाल र भारतका दूरदराजबाट पर्यटक दर्शनका लागि उल्लेख्य संख्यामा आउने गर्दछन् ।

यो मन्दिरको रेखदेख अहिले धनगढी उपमहानगरपालिकाले गर्दै आएको छ । धनगढी उप–महानगरपालीकाका प्रमुख नृपबहादुर वडले बेहडाबाबाको विकासका लागि गुरु योजना तयार भैसकेको जानकारी दिएका छन् । उनले प्रदेशमा सबैभन्दा बढी धार्मिक पर्यटनको सम्भावना बेहडाबाबामा रहेको बताए ।



मङ्गलबार २८, जेठ २०७६ ०९:०६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.