ब्याजदर घट्दा सस्तीयो कर्जा, ऋणी लाभान्वित

युग संवाददाता     67 पटक पढिएको    

ब्याजदर घट्दा सस्तीयो कर्जा, ऋणी लाभान्वित

 


काठमाडौँ वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाएर लागत कम गर्दा आधार दर तल आइ कर्जा थप सस्तिन पुगेको छ। कर्जाको माग सुस्त भइ लगानीयोग्य रकम  तरलता थुप्रिएपछि बैंकहरुले निक्षेपको ब्याजदर निरन्तर घटाउँदा आधार दर  बेस रेट तल आएको हो।

वाणिज्य बैंकको आधार दर ५ प्रतिशतभन्दा तल आएको छ। स्टान्डर्ड चार्टर्ड र राष्ट्रिय वाणिज्य बैंकको बेस रेट ५ प्रतिशतभन्दा तल आएको हो।
बेस रेट स्टान्डर्ड चार्टर्डको ४।९ र राष्ट्रिय वाणिज्य बैंकको ४।९७ प्रतिशतमा आइपुगेको छ। आधार दर घट्नु भनेको ऋणको ब्याजदर सस्तो हुनु हो। बैंकहरुले आधार दरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थपेर ऋण दिन्छन्। 
बैंकिङ खबरबाट

 

बैंकहरुको आधार दरको अवस्था

बैंक

आधार दर (प्रतिशत)

स्टान्डर्ड चार्टर्ड

४.९

राष्ट्रिय वाणिज्य

४.९७

एभरेष्ट

५.३५

नेपाल

५.७६

नेपाल इन्भेष्टमेन्ट मेगा

५.८३

नबिल

५.९

ग्लोबल आइएमई

५.९७

कृषि विकास

६.०३

सानिमा

६.२६

माछापुच्छ्रे

६.३५

एनएमबि

६.३६

सिद्धार्थ

६.३५

नेपाल एसबिआइ

६.४२

सिटिजन्स

६.५३

हिमायलन

६.७

प्रभु

६.६८

लक्ष्मी सनराइज

६.५९

कुमारी

६.७४

प्राइम

६.७३

एनआइसी

७.२३



बुधबार २२, साउन २०८२ ०५:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal