आगामी आर्थिक वर्ष २०८२/ ०८३ का लागि बजेट २ अर्ब ५६ करोड

धनगढी उपमहानगरपालिकाको

युग संवाददाता     622 पटक पढिएको    

आगामी आर्थिक वर्ष २०८२/ ०८३ का लागि बजेट   २   अर्ब  ५६  करोड

 

धनगढी ।  धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि दुई अर्ब ५६ करोड ४ लाख बराबरको बजेट ल्याएको छ ।

आज बसेको १३ औं नगरसभामा नगर उप प्रमुख कन्दकला रानाले अगामी आर्थिक वर्षका लागि दुई अर्ब ५६ करोड चार लाख बराबरको बजेट प्रस्तुत गरेकी हुन् ।

चालुतर्फ एक अर्ब ३८ करोड २५ लाख ५१ हजार र पुँजीगततर्फ एक अर्ब १८ करोड २९ लाख बजेट छुट्याइएको छ ।

बजेट स्रोत विवरण अनुसार उपमहानगरको आन्तरिक आय ५४ करोड ७९ लाख ६७ हजार १११ रुपैयाँ रहेको छ।

राज्यबाट प्राप्त बाँडफाँड ५७ करोड ६० लाख ६२ हजार १४३ रुपैयाँ छ भने, संघीय सरकारबाट ९९ करोड ९ लाख रुपैयाँ र प्रदेश सरकारबाट ११ करोड २२ लाख ४१ हजार रुपैयाँ प्राप्त हुने उल्लेख गरिएको छ। साथै मौज्दात रकम ३३ करोड ३२ लाख ९५ हजार ७४६ रुपैयाँ छ।

चालु आर्थिक वर्ष २०८१/८२ मा उपमहानगरपालिकाले २ अर्ब १८ करोड ४२ लाख ३२ हजार २२० रुपैयाँको बजेट कार्यान्वयन गरेको थियो। जसअन्तर्गत जेठ मसान्तसम्म १ अर्ब ८१ करोड ५ लाख ८४ हजार ७२२ रुपैयाँ खर्च भइसकेको उपमहानगरले जनाएको छ।

धनगढी उपमहानगरपालिकाले चालु आर्थिक वर्षको तुलनामा ३७ करोड ६२ लाख ३३ हजार ७८० ले बढि बजेट ल्याएको छ ।

यो अघिल्लो वर्षको तुलनामा १७ दशमलव २२ प्रतिशतले बढी हो। उपमहानगरपालिकाले ल्याएको बजेट शनिबारकै नगरसभाबाट सर्वसम्मत रूपले पारित गरिएको छ ।

यसअघि शनिबारकै नगरसभामा नगर प्रमुख गोपाल हमालले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । स्वास्थ समस्याका कारण हमालले प्रस्तुत गर्न नसक्ने भएपछि उपप्रमुख रानाले सघाएकी थिइन् ।



शनिबार ०७, असार २०८२ १२:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal