गोदावरी नगरपालिकाको बजेट  एक अर्ब १८ करोडको बजेट

युग संवाददाता     146 पटक पढिएको    

गोदावरी नगरपालिकाको बजेट  एक अर्ब १८ करोडको बजेट

 


धनगढी । कैलालीको गोदावरी नगरपालिकाले आगामी आव २०८२/०८३ का लागि एक अर्ब १८ करोड ५४ लाख ५६ हजार बराबरको बजेट ल्याएको छ ।

शुक्रबार आयोजित १५औं नगर अधिवेशनमा नगर प्रमुख वीरेन्द्र भट्टले आगामी आवको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका हुन ।

संघीय सरकारबाट आउने वित्तीय समानीकरण तर्फको १९ करोड ८० लाख, राजस्व बाँडफाँडबाट १८ करोड ५९ लाख, समपूरक अनुदानतर्फ १ करोड ९३ लाख, विशेष अनुदान तर्फ ४ करोड ९ लाख, सशर्त अनुदानतर्फ ४१ करोड ७२ लाख रहेको उनले उल्लेख गरे ।

यस्तै,प्रदेश सरकारबाट आउने वित्तीय समानीकरण तर्फको एक करोड ८७ लाख, राजस्व बाँडफाँडबाट ५९ लाख १ हजार, समपुरक अनुदानतर्फ ३० लाख, विशेष अनुदानतर्फ ६० लाख, सशर्त अनुदानतर्फ ३ करोड ५२ लाख, राजस्व बाँडफाँडतर्फकै घरजग्गा रजिस्ट्रेसनबाट ६ करोड ८५ लाख रहेको बजेटमा उल्लेख छ ।

आन्तरिक श्रोतबाट १५ करोड ९ लाख ५५ हजार, विज्ञापन करबाट ३ लाख, बन रोयल्टिबाट ६ लाख र बैँक मौज्दातमा ३ करोड ५० लाख रहने अनुमान गरिएको छ।

ADD



शुक्रबार ०६, असार २०८२ ०१:०१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal