मोदीको सपथ ग्रहणमा चौधरीलाई निम्तो, लागे दिल्ली

विदेश

Yugnepal     701 पटक पढिएको    

मोदीको सपथ ग्रहणमा चौधरीलाई निम्तो, लागे दिल्ली

मोदीको सपथ ग्रहणमा चौधरीलाई निम्तो, लागे दिल्ली 

काठमाडौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सपथ ग्रहणका लागि बिमस्टेक राष्ट्रका प्रमुखलाई मात्र बोलाएका छैनन् आफू निकटलाई पनि बोलाएका छन् । 

सोही क्रममा चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरी मोदीको सपथ ग्रहण समारोहमा भाग लिन नयाँ दिल्ली प्रस्थान गरेका छन् । भारतको राष्ट्रपति कार्यालयबाट सपथ ग्रहणमा सहभागिताका लागि निमन्त्रणा प्राप्त भएपछि उनी बिहीबार बिहान दिल्ली गएका हुन् ।

मोदीको सपथ ग्रहण समारोह बिहीबार बेलुकी भारतीय समय अनुसार ७ बजे राष्ट्रपति भवनमा आयोजना हुँदैछ । 

सोही अवसरमा मोदी सरकारका मन्त्रीहरूले पनि सपथ ग्रहण गर्ने कार्यक्रम छ । सांसद चौधरी सपथ ग्रहणपछि शुक्रबार नेपाल फर्किने कार्यक्रम रहेको छ । 

अध्यक्ष चौधरी भारतका प्रधानमन्त्री मोदीसँग व्यक्तिगत रूपमा समेत निकट मानिन्छन् । 

सन् २०१४ मा मोदीको पहिलो प्रधानमन्त्री कार्यकालका लागि सपथ ग्रहण समारोहमा पनि चौधरीलाई निमन्त्रणा गरिएको थियो ।

गुजरातको मुख्यमन्त्री हुँदादेखिनै मोदी र चौधरीबीच सुमधुर सम्वन्ध रहँदै आएको छ । चौधरीको अध्यक्षतामा रहेको नेपाल उद्योग परिसंघले आयोजना गरेको आर्थिक विकासको मार्गचित्र सम्वन्धी कार्यक्रमलाई गुजरातको मुख्यमन्त्रीका रूपमा सम्बोधन गर्न नेपाल आउन चाहेका मोदीलाई भारतको तत्कालिन केन्द्र सरकारले अनुमति नदिएका कारण उनको नेपाल आउने कार्यक्रम त्यतिबेला रद्ध भएको थियो । 

हालै भारतमा सम्पन्न निर्वाचनमा भारतीय जनता पार्टी र प्रधानमन्त्री मोदीको अपूर्व विजयका लागि अध्यक्ष चौधरीले हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना दिएका छन् । 



बिहिबार १६, जेठ २०७६ १२:११ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal