प्रधानमन्त्री केपी शर्मा ओलीले  साउन ६ गते विश्वासको मत लिने

युग संवाददाता     223 पटक पढिएको    

प्रधानमन्त्री केपी शर्मा ओलीले  साउन ६ गते विश्वासको मत लिने

 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते आइतबार विश्वासको मत लिने भएका छन् । 


असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले आगामी आइतबारको संसदको बैठकमा विश्वासको मत लिने भएका छन् ।  

सो अनुसारको पत्र संसद सचिवालयलाई बुझाउने तयारी गरिएको छ । 

सबैभन्दा ठूला दुई दल नेपाली कांग्रेस र एमाले मिलेर गठबन्धन गरी सत्ता सञ्चालन गरिरहेका हुन् । दुई दलसँगै अन्य साना दलकोसमेत समर्थन रहेकाले यसपालि ओलीले दुई तिहाई मत पाउने विश्वास गरिएको छ । 

नेपालको संविधानको धारा ७६ ९२० अनुसार शर्मा ओलीले गत असार ३१ गते प्रधानमन्त्रीको शपथ लिएका थिए ।

संविधानको धारा ७६ ९४० बमोजिम उनले विश्वासको मत लिन लागेका हुन् ।

दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।



बुधबार ०२, साउन २०८१ ०१:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal