सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ उत्पादन ४ खर्व ४ अर्व

युग संवाददाता     374 पटक पढिएको    

सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ उत्पादन ४ खर्व ४ अर्व

धनगढी ।  सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ता मुल्यमा चालु आवका लागि ४ खर्ब ४ अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ ।
 बताए ।आव २०८०/८१ को प्रादेशिक कुल गार्हस्थ्य उत्पादन अनुमान सार्वजनिक गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बुधवार धनगढीमा प्रादेशिक कुल गार्हस्थ्य उत्पादन अनुमान सार्वजनिक गरेको हो ।

कार्यक्रममा राष्ट्रिय तथ्यांक कार्यालको तथ्यांक अधिकृत गंगाराम भट्टराईले प्रादेशिक कुल गार्हस्थ्य उत्पादन अनुमान सम्बन्धी प्रस्तुतिकरण गरेका थिए 

चालु आवमा यस प्रदेशको राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादन ७ दशमलव सून्य ९ पु¥याउने अनुमान गरिएको तथा गत आवमा ७ं दशमलव १३ प्रतिशत योगदान पु¥याउने संशाधित अनुमान रहेको उनले बताए । उनले चालु आवमा कुल गार्हस्थ्य उत्पादनको बृद्धिदर ३ दशमलव ४१ प्रतिशत हुने प्रारम्भिक अनुमान र गत आवमा १ दशमलव ५२ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको तथ्यांक प्रस्तुत गरे ।

चालु आवमा यस प्रदेशमा कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै ३३ प्रतिशत योगदान कृषि बन र मत्स्य क्षेत्रमा रहने र सबैभन्दा न्युन सुन्य दशमलव १३ प्रतिशत योगदान प्रशासनिक सहयोगी सेवा क्षेत्रमा रहने अनुमान गरिएको उनले बताए । गत आवमा कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै ३२ दशमलव ४५ प्रतिशत योगदान कृषि क्षेत्रमा रहने प्रारम्भिक अनुमान र सबैभन्दा न्युन सुन्य दशमलव २३ प्रतिशत योगदान प्रशासनिक सहयोगी सेवा क्षेत्रमा रहन संशाधित अनुमान गरिएको भट्टराईले बताए ।

त्यस्तै यस प्रदेशमा प्रतिव्यक्ती कुल गार्हस्थ्य आय एक हजार एक सय ११ अमेरिकी डलरमा हुने प्रारम्भिक अनुमान गरिको तथ्यांकमा उल्लेख छ । राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक राजेश धितालको अध्यक्षता भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गणेश विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो ।



बुधबार ०९, जेठ २०८१ ०९:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal