विस्तार हुँदै वित्तीय पहुँच ७२५ स्थानीय तहमा वाणिज्य बैंकको उपस्थिती

अर्थ

Yugnepal     835 पटक पढिएको    

विस्तार हुँदै वित्तीय पहुँच ७२५ स्थानीय तहमा वाणिज्य बैंकको उपस्थिती

विस्तार हुँदै वित्तीय पहुँच ७२५ स्थानीय तहमा वाणिज्य बैंकको उपस्थिती
 ७५३ स्थानीय तहमध्ये २०७६ बैशाखसम्म ७२५ तहहरुमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् । अझै पनि केही दुर्गम भेगहरुमा वाणिज्य बैंकका शाखा पुग्न सकेका छैनन् । प्रदेश नं। १ को तीन वटा, प्रदेश नं। २, ३ र ४ को २।२ वटा, ६ को १२ वटा र ७ को सात वटा स्थानीय तहमा बैंक पुग्न बाँकी रहेको छ । प्रदेश नं। ५ को सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार भइसकेको राष्ट्र बैंकको तथ्यांक छ ।

२०७५ चैत्र मसान्तको तथ्यांकअनुसार हाल क, ख, ग र ३ वर्गका गरी कुल १७६ वटा बैंक तथा वित्तीय संस्था संचालनमा रहेका छन् । गत असार मसान्तमा १५१ रहेकोमा नौ महिनामा बैंक तथा वित्तीय संस्थाको संख्या २५ले बढेको हो ।

यो अवधिमा बैंक तथा वित्तीय संस्थाको शाखा संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । नौ महिनाको अवधिमा १५५४ वटा शाखा थपिएर कुल शाखा संख्या ८२०५ पुगेको छ । २०७५ चैत मसान्तमा २८ वाणिज्य बैंक, ३२ विकास बैंक, २४ वित्त कम्पनी, ९१ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक संचालनमा रहेका छन् ।

बैंकहरुको शाखा बढेसगै बैंकिङ पहु्ँच र वित्तीय साक्षरताको अवस्थामा पनि सुधार आउन थालेको छ । बैंकमा खाता खोल्ने, रेमिट्यान्सको प्रयोग गर्ने, कर्जा लिएर उद्यम गर्ने, नियमित बचत गर्नेहरुको संख्यामा पनि वृद्धि हुन थालेको छ । 
बैंकिङ खबर ।  बाट साभार



मङ्गलबार ०७, जेठ २०७६ ०४:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal