ढुकुटीको सिल तोडेपछि राष्ट्र बैंक धनगढीका निर्देशकको शरुवा

युग संवाददाता     791 पटक पढिएको    

ढुकुटीको सिल तोडेपछि राष्ट्र बैंक धनगढीका निर्देशकको शरुवा

 


धनगढी  नेपाल राष्ट्र बैंक धनगढीका निर्देशक विनोद लेखकको शरुवा भएको छ । उनले राष्ट्र बैंक धनगढीको ढुकुटीको सिल तोडेको विषय बाहिर आएपछि सरुवा गरिएको हो। उनलाई काठमाण्डौँ शरुवा गरिएको हो । फागुन २ गतेसम्म धनगढीकै निर्देशकको रुपमा रहेका उनलाई लेखकले राष्ट्र बैंकको ढुकुटीको सिल तोडेपछि काठमाडौं सरुवा गरिएको जनाइएको छ। अहिले शान्ति पाण्डेलाई राष्ट्र बैंक धनगढीको निमित्तको जिम्मेवारी दिइएको छ।

उनले तीन साताअघि नेपाल राष्ट्र बैंक धनगढीको ढुकुटीमा लगाइएको सिल तोडेपछि अनुसन्धानमा तानिएका थिए। लेखक आफैले ढुकुटीको सिल तोडेको खुलेको राष्ट्र बैंक श्रोतले बतायो । ढुकुटीमा सिल भएको स्थानमा पुग्ने र लाहा छापसहित सिल तोड्ने अधिकार सीमित व्यक्तिलाई मात्र हुन्छ। ढुकुटीका ढोकामा समेत तीनवटा ताल्चा लगाइएको हुन्छ। हरेक दिन साँझ ५ बजे ढुकुटीमा बलिया ताल्चा लगाइने गरेको छ। लगाइएका चाबीहरूमध्ये एउटा कार्यालय प्रमुख, अर्को क्यासियर र तेस्रो कार्यालय प्रमुखले तोकेको व्यक्तिको जिम्मा लगाइन्छ। धनगढी कार्यालयको सिल तोडिएको अवस्थामा भेटिएपछि छानबिन सुरु भएको थियो।



आइतबार २०, फागुन २०८० ०१:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal