प्रतिफल प्राप्त हुने योजना मात्रै प्राथमिकतामा हुन्छन् ः मन्त्री शाही

युग संवाददाता     378 पटक पढिएको    

प्रतिफल प्राप्त हुने योजना मात्रै प्राथमिकतामा हुन्छन् ः मन्त्री शाही


धनगढी। सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले आगामी आर्थिक वर्षका लागि योजना छनोट गर्दा प्रतिफल प्राप्त हुने योजनालाई प्राथमिकता दिनुपर्ने बताएका छन्। आजदेखि धनगढीमा सुरु भएको योजना बैङ्क तर्जुमा दिग्दर्शन, २०८० को अभिमुखीकरण तथा प्रयोगशाला सम्बन्धी कार्यशालाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

मन्त्री शाहीले गरिबी, न्यूनीकरण, रोजगारी सृजना हुनेसहित प्रतिफल प्राप्त हुने योजनालाई छनोट गर्नुपर्ने उल्लेख गरे । प्रदेश सरकारको लक्ष्य सामाजिक परिवर्तन रहेको उल्लेख गर्दै उनले आयोजना बैङ्कले धेरै हदसम्म आयोजनालाई व्यवस्थित गरी लक्ष्य प्राप्तिमा सहयोग गर्ने बताए। यसैगरी, योजना बैङ्कको प्रभावकारी कार्यान्वयनमा सबै पक्ष लाग्न आवश्यक रहेको मन्त्री शाहीको भनाइ थियो।

रोजगारीका लागि भारत जानुपर्ने बाध्यतालाई रोक्नका लागि गहन छलफल हुनुपर्ने भन्दै मन्त्रीले अगाडि थपे,“त्यस सम्बन्धमा योजना बनाएर अगाडि बढ्नुपर्दछ।”यस्तै कार्यक्रममा बोल्दै प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष अनुपकुमार उपाध्यायले सीमित स्रोत साधन भएपनि आयोजना बैँकको सुरुवात गरिएको बताए । प्रदेश सरकारले सञ्चालन गरेका योजनाहरू सम्पन्न भएपछि अभिलेख राख्ने उद्देश्यका साथ आयोजना बैँकको सुरुवात गरिएको उनले बताए । सरकारले राखेका उद्देश्यहरूलाई परिपूर्ति गरेर अगाडि बढ्नुपर्ने उनले बताए ।



आइतबार १३, फागुन २०८० १२:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal