भ्याट नतिर्ने २१ सहित २६ कम्पनीलाई कर कार्यालयको ७ दिने अल्टिमेटम नामावली

अर्थ

Yugnepal     811 पटक पढिएको    

भ्याट नतिर्ने २१ सहित २६ कम्पनीलाई कर कार्यालयको ७ दिने अल्टिमेटम नामावली

भ्याट नतिर्ने २१ सहित २६ कम्पनीलाई कर कार्यालयको ७ दिने अल्टिमेटम नामावली 

काठमाडौं । सरकारले कर नतिर्ने २६ ठेकदार कम्पनीहरुलाई कारबाही गर्ने तयारी गरेको छ । सोमबार एक दैनिक पत्रिकामा सूचना प्रकाशित गरी मध्यमस्तरीय कर कार्यालयले ७ दिन भित्र कर तिर्न सूचना जारी गरेको हो । 

यस अघि व्यक्तिगत रुपमा पत्र लेख्ने र फोन सम्पर्क समेत गरी सबै माध्यमबाट यसबारे जानकारी दिँदा समेत कर तिर्न नआएका यी कम्पनीहरुलाई सरकारले यस्तो अल्टिमेटम दिएको हो । यी मध्ये २१ कम्पनीले सरकारलाई तिर्न भनेर जनतासँग उठाएका भ्याट समेत नतिरेको कार्यालयले जनाएको छ । बाँकीको भने आयकर तिर्न बाँकी छ । 

ती कम्पनीहरुले कति रकम तिर्नुपर्ने हो त्यो भने उल्लेख गरिएको छैन । कार्यालयले तोकिएको समयभित्र कर नतिरे उनीहरुलाई आयकर ऐन, २०५८ को दफा १०४ देखि ११ सम्मको कुनै प्रक्रिया वा मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २१९१० बमोजिम कारबाही गरिने पनि उल्लेख गरिएको छ । 



सोमबार ०६, जेठ २०७६ ०७:१३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal