,प्रहरीद्धारा अश्रुग्यास प्रहार  माग सम्बोधन नभएसम्म शव नउठाउने अडान

युग संवाददाता     155 पटक पढिएको    

,प्रहरीद्धारा अश्रुग्यास प्रहार  माग सम्बोधन नभएसम्म शव नउठाउने अडान


धनगढी /  कैलालीको मालाखेती अस्पतालमा नवजात शिशुसहित सुत्केरी महिलाको मृत्यु भएको घटनामा आफन्तले माग सम्बोधन नभएसम्म शव नउठाउने अडान राखेका छन् । कैलालीको गोदावरी ३ मा स्थित अस्पतालमा नवजात शिशु र सुत्केरी महिलाको मृत्यु भएको २४ घण्टा वितिसक्दा पनि शव उठाएको छैन ।
उपचारमा चिकित्सकको लापरबाहि भएको भन्दै आफन्तले शव बुझ्न नमानेका हुन् । सोमबार गोदावरी नगरपालिका–२ कडायत टोलकी लक्ष्मी भट्टराई र नवजात शिशुको मृत्यु भएको थियो। अस्पताल प्रशासनसँग छलफल भए पनि माग पुरा नभएको पीडितको गुनासो छ ।सोमबार राती भएको छलफलमा मंगलबार बिहान ८ बजेसम्म छानबिन समिति गठन गर्ने भनिएपनि समिति गठनमा बेवास्ता गरिएपछि मृतक आमा सहित शिशुको शव उठाउन मानेका छैनन् ।अस्पतालमा शिशु र आमाको शव राखिएको छ तर सम्वन्धित अधिकारी अस्पतालमै नआएको उनिहरुको गुनासो छ।

साथै अस्पतालको लापरबाहीले श्रीमती र नबजात शिशु गुमाउनु परेको मृतकका श्रीमान शिवराज भट्टराईले बताए ।लापरबाही गर्नेलाई छानविन गर्ने भनिएकोमा अहिलेसम्म कुनै सुनुवाई नभएको पीडित पक्षको आरोप छ। स्थानीयले राजमार्ग अवरुद्ध गर्नुका साथै पीडितलाई क्षतिपुर्तिको माग गरेका छन्। प्रहरीले राजमार्ग क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। भिडलाई नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले बताएको छ।आन्दोलनले उग्र रुप लिएपछि स्थानिय माथी प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।


आन्दोलित स्थानियले क्षतिपुर्तिको माग गर्दै भिमदत्त राजमार्ग अवरुद्ध गरेका थिए । स्थानियमाथी प्रहरीले करिब ८र१० राउण्ड अश्रुग्यास प्रहार गरेको बताइएको छ ।स्थानियहरुले ढुंगामुडा प्रहार गरेसँगै प्रहरीले लाठिचार्ज सुरु गरेपछि आन्दोलनकारीमाथी अश्रुग्यास प्रहार गरेको हो । अश्रुग्यास प्रहार पछि आन्दोलनकारीहरु तितरबितर भएका छन भने राजमार्ग खोलिएको छ । मृतक लक्ष्मी र उनको नवजात शिशुको शव अझै पनि उठ्न सकेको छैन । उनिहरुको शव हाल मालाखेती अस्पतालमै राखिएको छ ।



मङ्गलबार २८, चैत २०७९ ०९:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.