बौनियाँमा बिद्युतिय सामानको गोदाममा आगलागी - नियन्त्रणको प्रयास जारी - भिडियो सहित

Yugnepal     1103 पटक पढिएको    

बौनियाँमा बिद्युतिय सामानको गोदाममा आगलागी - नियन्त्रणको प्रयास जारी - भिडियो सहित

कैलालीको बौनियाँमा बिद्युतिय सामानको गोदाममा आगलागी
नियन्त्रणको प्रयास जारी 
धनगढी,३ जेठ 
कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं १ बौनिया बजारको एक बिद्युतीय सामान रहेको गोदाममा आगो लागेको छ ।
  स्थानीय प्रकाश साउँदको बिद्युतिय सामान रहेको गोदाममा आगो लागेको ईलाका प्रहरी कार्यालय बौनियाँका प्रहरी निरिक्षक धुर्ब बिष्टले जानकारी दिए । शुक्रबार दिउसो २ बजे तिर लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन् । झण्डै १० वटा सटर रहेको पंखा, फ्रिज, कुलर लगायतका बिद्युतिय सामान रहेको गोदाममा एक्कासी आगो लागेको खबर पछि ईलाका प्रहरी सुख्खड, लम्की लगायत आसपासका ठुलो संख्यामा प्रहरी सहित स्थानीय आगो निभाउन खटिरहेको प्रहरी निरिक्षक बिष्टले बताए । 
आगो धेरै फैलिसकेकाले अझै नियन्त्रण गर्न एक डेढ घण्टा लाग्ने बिष्टले जानकारी दिए । दमकल सहित ठुलो संख्यामा प्रहरी र स्थानीयले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । आगो नियन्त्रणमा आई नसकेकाले कसरी आगो लाग्यो र के कति क्षती भयो भन्ने अहिले भन्न नसकिने प्रहरी निरिक्षक बिष्टले बताए ।
 



शुक्रबार ०३, जेठ २०७६ ०३:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal