पैसा फिर्ता माग्दै बचतकर्ता आन्दोलित

युग संवाददाता     353 पटक पढिएको    

पैसा फिर्ता माग्दै बचतकर्ता आन्दोलित

 


धनगढीः धनगढीमा आफूले जम्मा गरेको बचत रकम फिर्ता माग्दै बचतकर्ताहरु आन्दोलित भएका छन्।

शिवशिखर सहकारीको धनगढी शाखा बन्द गरेर सञ्चालक र कर्मचारी सम्पर्कविहिन भएपछि बचतकर्ता झनै सश‌ंकित भएका हुन्। शिवशिखरको धनगढी शाखामा मात्र दुई हजार ६ सय बचतकर्ता भएको अनुमान गरिएको छ। सो सहकारीमा झण्डै ६६ करोड रकम फसेको भन्दै बचतकर्ताले रकम फिर्ताको माग गरेका छन्। अहिलेसम्म सहकारीका कर्मचारी समेत सम्पर्कमा नआएपछि बचतकर्ता झन आतिएका हुन्। शिवशिखर सहकारीमा बचत फसेको भन्दै धनगढीका बचतकर्ता संघर्षमा उत्रिएका छन्।

धनगढी शाखा अन्तर्गत मात्र झण्डै दुई हजार ६ सय साना तथा मध्यम व्यवसायीले बचत गर्दै आएका थिए। सो सहकारीमा एक लाखदेखि एउटै व्यक्तिले चार करोडसम्म नगद जम्मा गरेको पाइएको छ। तर सहकारीले भने तत्काल बचत फिर्ता गर्न नसकिने भन्दै धनगढीको कारोवार नै बन्द गरिदिएको छ। सहकारीका सञ्चालकदेखि कर्मचारीसम्मै सम्पर्कविहिन भएपछि धनगढीका बचतकर्ता आत्तिका हुन्। साथै बचत फिर्ता माग्न धनगढीमा मिना शाहीको संयोजकत्वमा मंगलबार संघर्ष समितिको पनर्गठन नै गरिएको छ। धनगढीको शिवशिखरमा धेरैले रकम जम्मा गरेकाकाले बचतकर्ताको रकम फिर्ता गराउन संघर्ष गर्नु परेको संघर्ष समितिकी संयोजक मिना शाहीले बताइन्। ‘तत्काल रकम फिर्ता गर्न सक्ने अवस्था नभए पनि सञ्चालक तथा कर्मचारी सम्पर्कमा आएर बचत फिर्ताको सुनिश्चितता गरिदिनुपर्यो’, उनले भनिन्।

करोडौं रकम जम्मा गरेका बचतकर्तालाई मागेको बेला ५ हजार रुपैयाँ पनि दिन नसकेपछि बचतकर्तामा सशंय पैदा भएको छ। सहकारी सञ्चालक मात्र नभई कर्मचारी समेत सम्पर्कमा नभएको भन्दै बचतकर्ताले संघर्ष समिति नै बनाएर बचत फिर्ताको माग गर्दै आएका छन्। झण्डै ६६ करोड रकम फसेको भन्दै शिवशिखरमा बचत गर्दै आएका सेवाग्राही बचत फस्ने भन्दै संशकित भएका हुन्। एक लाखदेखि ४ करोडसम्म धनगढी अन्तर्गतको शिवशिखबर सहकारी एउटै व्यक्तिले रकम जम्मा गरेकाले रकम फिर्ताको सुनिश्चितता गर्नुपर्ने शिवशिखरमा बचत गर्दै आएका लोकेन्द्र लम्सालले बताए। भत्तपुरमा केन्द्रिय कार्यालय रहेको शिवशिखर सहकारी संस्थाले सुदूरश्चिमका विभिन्न जिल्लाबाट गरी ठुलो रकम संकलन गरेको छ।


तर शिवशिखरको महेन्द्रनगर, डडेल्धुरा, अत्तरिया, धनगढी लगायत शाखाकाम दैनिक बचत फिर्ता माग्नेको भीड लाग्दै आए पनि सहकारीले रकम फिर्ता गर्न सकिरहेको छैन्। सुदुरपश्चिममा मात्र एक अर्वभन्दा बढी रकम शिवशिखर सहकारीमा जम्मा गरिएको भए पनि बचतकर्ताले आफ्नो रकम फिर्ता माग्न संघर्ष गरिरहनु परेको छ। रकम फिर्ता नभए थप संघर्षमा उत्रिने संघर्ष समितिको चेतावनी छ। बचतकर्ताले आफ्नो रकम फिर्ता गरिदिन प्रशासन, प्रहरी, राजनीतिक दललगायतसँग हारगुहार गरिरहेका छन्। त्यस्तै कञ्चनपुरमा रहेको शिवशिखर बहुद्देश्यीय सहकारी संस्थामा बबन्डर नै मच्चिएको थियो। भीमदत्त नगरपालिका–६ ऐठपुर महेन्द्रनगरमा रहेको शिवशिखर बहुद्देश्यीय सहकारी संस्थामा बचत रकम फिर्ताको माग गर्दै बबन्डर मच्चिएको हो। शिवशिखर सहकारीमा रकम जम्मा गर्दै आएका ग्राहकले रकम फिर्ता मागिरहेका छन्।

भक्तपुर केन्द्रीय कार्यालय रहेको उक्त सहकारीले केही महिनादेखि महेन्द्रनगरमा सहकारीमार्फत गार्डेन मार्टसमेत सञ्चालन गरेको थियो। दैनिक बचत, फिक्स बचतकर्तादेखि ठूलो रकम सेयर लगानी गरेका ग्राहकले आफ्नो लगानी डुब्न लागेको भन्दै रकम फिर्ता मागिरहेको बताएका छन्। शिवशिखरकै बुटवल शाखामा बचतकर्तामाथि ठगी भएको विषय बाहिर आएपछि त्यसको प्रभाव सुदूरपश्चिममा परेको हो।



बुधबार १०, फागुन २०७९ ०७:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.