आर्थिक वर्ष शुरु भएको पहिलो सातामै मौद्रिक नीति आउने

युग संवाददाता     455 पटक पढिएको    

आर्थिक वर्ष शुरु भएको पहिलो सातामै मौद्रिक नीति आउने


काठमान्डौ पुस २२  अब वार्षिक मौद्रिक नीति हरेक आर्थिक वर्ष शुरु भएको पहिलो साताभित्रै सार्वजनिक गरिने भएको छ । राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३ प्रथम संशोधन, २०७९ सार्वजनिक गरेको छ ।


संशोधित कार्यविधिमा वार्षिक मौद्रिक नीति राष्ट्र बैंकको सञ्चालक समितिबाट पारित गरेर हरेक आर्थिक वर्ष शुरु भएको पहिलो साताभित्रै सार्वजनिक गर्ने व्यवस्था गरेको छ । त्यसैगरी त्रैमासिक तथा अर्धवार्षिक समीक्षा हरेक त्रैमास समाप्त भएको ३० दिनभित्र सार्वजनिक गरिने व्यवस्था कार्यविधिमा गरिएको छ ।

राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले वार्षिक मौद्रिक नीति तर्जुमाका लागि जेठ महिनाको दोस्रो हप्ताभित्र र त्रैमासिक तथा अर्धवार्षिक समीक्षाका लागि हरेक त्रयमास समाप्त भएको १५ दिनभित्र मौद्रिक नीतिका लागि आवश्यक राय सुझाव माग गर्न पत्राचार गर्नेछ ।


प्राप्त राय–सुझावउपर आवश्यकताअनुसार वार्षिक मौद्रिक नीति तर्जुमाको लागि प्रत्येक वर्षको असार महिनाको पहिलो हप्तादेखि र त्रैमासिक तथा अर्धवार्षिक समीक्षाको लागि हरेक त्रैमास समाप्त भएको १५ दिनपछि अन्तरविभागीय सुझाव समन्वय समितिमा छलफल गरिने व्यवस्था संशोधित कार्यविधिमा गरिएको छ। अन्तर विभागीय सुझाव समन्वय समितिमा छलफल सम्पन्न भएपछि मौद्रिक नीतिको मस्यौदाउपर व्यवस्थापन समितिमा छलफल प्रारम्भ गरिने राष्ट्र बैंकले व्यवस्था गरेको छ।

मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३ ९प्रथम संशोधन, २०७९०



शुक्रबार २२, पुष २०७९ ०८:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal