दलित जनप्रतिनिधी संजालले ज्ञापनपत्र बुझायो

Yugnepal     1154 पटक पढिएको    

दलित जनप्रतिनिधी संजालले ज्ञापनपत्र बुझायो

दलित जनप्रतिनिधी संजालले ज्ञापनपत्र बुझायो
धनगढी,२ जेठ
धनगढी उप–महानगरपालिकामा रहेको दलित जनप्रतिनिधीहरुको संजालले बिहीबार नगरप्रमुख र उप–प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ ।
स्थानीयतहमा टोल तथा वडा तहमा योजना तर्जुमा प्रकृया चलिरहेको बेला धनगढी उप–महानगरपालिकामा दलित जनप्रतिनिधीहरुले संजाल मार्फत ज्ञापनपत्र बुझाएका हुन । उप–महानगरपालिकाले आगामी आर्थिक बर्ष २०७६÷०७७ को निति तथा कार्यक्रम र बजेटमा दलित समुदायका साझा समस्या तथा कार्यक्रम समेटिनु पर्ने माग ज्ञापनपत्रमा गरिएको   छ । 
दलित समुदायको पेशागत आधुनिकिकरण,आधुनिक सिलाईकटाई तालिम, पञ्चेबाजा प्रवद्र्धन तालिम, सुधारीएको आईरन तथा ग्रील संचालन, दलित महिलाका लागि खेलौना बनाउने तालिम, दलित किशोर किशोरीका लागि सिकर्मी तथा डकर्मी तालिम लगायतका कार्यक्रम हाल्नुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
प्रमुख नृपबहादुर वडले जायज मागहरुलाई सम्बोधन गरिने बताए । उनले भने,समाजिक तथा आर्थिक रुपले बछाडी परेका समुदायलाई मुलप्रवाहीकरणमा ल्याउन हामी लागिपरेका छौं । ज्ञापनपत्र बुझ्दै उप–प्रमुख सुशिला मिश्र भट्टले मागहरु पुरा गर्नका लागि हदै सम्म प्रयास गरिने बताईन । निति तथा कार्यक्रम पूर्व ज्ञापनपत्र प्राप्त भएकाले पनि योजनामा राख्न सजिलो हुने उप–प्रमुख भट्टले बताईन ।
दलित जनप्रतिनिधी संजालका संयोजक राधा विकले दलित समुदायका सवाललाई प्रभावकारी रुपमा उठान गर्नका लागि बिहीबार नै संजाल गठन गरिएको बताईन । गठन भएको पहिलो दिनबाट नै आफ्ना गतिविधीहरु अगाडी बढाएको पनि संयोजक विकले बताईन ।
 



बिहिबार ०२, जेठ २०७६ ०५:३२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal