अर्थतन्त्रमा सहकारीको महत्वपूर्ण भूमिका छ ः मन्त्री सोडारी

युग संवाददाता     356 पटक पढिएको    

अर्थतन्त्रमा सहकारीको महत्वपूर्ण भूमिका छ ः मन्त्री सोडारी

 


धनगढी /  प्रदेशका भौतिक पूर्वाधार मन्त्री दीर्घ सोडारीले देशको अर्थतन्त्रमा सहकारीको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

हिमशिखर बहुद्देश्यीय सहकारी संस्था लिमिटेडको १४ औं बार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले सहकारिताका माध्ययमबाट गरिबी निवारणमा महत्वपूर्ण योगदान पुग्दै आएकोले देशको अर्थतन्त्रमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताए ।

सहकारीले बैंकको पहुँच बाहिर रहेको निम्न र मध्ययमबर्गीयको उत्थानको लागि महत्वपूर्ण भूमिका खेलेको मन्त्री सोडारीले बताए । उनले शुरुमा हिमशिखर सहकारी २५ जना र कुलपुँजी रु। २५ लाखबाट संचालन गर्दै सदस्यहरुको बित्तीय आवश्यकता पूरा गर्न उत्कृष्ट सेवा प्रदान गर्दै आएकोमा अहिले तीन हजार ५९६ शेयर सदस्य पुगेकोमा प्रशंसा गरे ।

१४ औं वर्षको अवधीमा हिमशिखरले गरिबी निवारणमा मात्र नभएर सामाजिक क्षेत्रमा समेत उल्लेख्य भूमिका खेलेको मन्त्री सोडारीले बताए । सहकारीले धनगढी उप–महानगरपालिका, गोदावरी, गौरीगङ्गा नगरपालिका र कैलारी गाउँपालिकासम्म शाखाहरू विस्तार गरेर सेवा प्रदान गर्दै आएकोमा उनले प्रशंसा गरे ।

सो शहकारीको शेयर पूँजी ३ करोड २९ लाख १३ हजार ५०० रहेकोमा कर्जा लगानी ५७ करोड २४ लाख ८१ हजार ६५४ र ४३ करोड ४९ लाख ९० हजार ११४ बचत तथा निक्षेप रहेको छ ।

कार्यक्रममा सहकारी संस्थाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले सञ्चालक समितिको तर्फबाट १४ औं वार्षिक साधारणसभामा प्रतिवेदन प्रस्तुत गरेका थिए भने व्यवस्थापक प्रतिवेदन संस्थाका व्यवस्थापक महेन्द्र शाहीले प्रस्तुत गरेका थिए । कार्यक्रममो सञ्चालन सहकारीका सचिव विमल जोशीले गरेका थिए भने शुभकामना मन्तव्य उपाध्यक्ष रोशन सिंहले गरेका थिए ।

कार्यक्रममा विभिन्न व्यक्ति सम्मानित
हिमशिखर बहुद्देश्यीय सहकारी संस्था लिमिटेडको १४ औं बार्षिक साधारणसभामा विभिन्न व्यक्तिहरु सम्मानित भएका छन् ।

सहकारीका क्षेत्रमा लामो समयदेखि पत्रकारिता क्षेत्रमा कलम चलाएवापत राष्ट्रिय समाचार समितिका समाचारदाता तथा पत्रकार महासंघका राष्ट्रिय परिषद सदस्य मीन ठकुरी पुरस्कृत भएका छन् ।


उत्कृष्ट कर्मचारीको रुपमा धनगढी शाखामा कार्यरत लालबहादुर बोहरा, हिमशखिर सहकारी गीतका रचनाकार प्रेमबिवश चन्द पुरस्कृत भएका छन् ।

यसैगरी धनगढी १ मेनरोडका दीर्घराज जोशी, गौरीगंगा ८ का इन्द्रबहादुर कलेल र कैलारी ३ का भरतराम डगौरालाई जेष्ठ सदस्य सम्मान गरिएको छ ।

उत्कृष्ट बचत सदस्य सम्मानमा धनगढी ४ बसपार्कका प्रज्ञा केसी, गौरीगंगा ८ बढैपुरका जानकी महरा र कैलारी १ हसुलियाकी मनकुमारी जेठारालाई प्रशंसापत्र वितरण गरिएको छ ।

असल ऋणी सदस्य सम्मानमा धनगढी ३ बोराडाँडीकी साबित्री बास्तोला, गोदावरी ५ गेटाका दिनेशबहादुर धामी, गौरीगंगा नगरपालिका ८ लिक्माका अनन्तराम डगौरा र कैलारी ७ रतनपुरकी मौसम्पी चौधरीलाई प्रशंसा पत्र वितरण गरिएको छ ।



शुक्रबार १५, पुष २०७९ ०३:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.