महोत्सवको उद्घाटन प्रधानमन्त्री देउवाले गर्ने

युग संवाददाता     499 पटक पढिएको    

महोत्सवको उद्घाटन प्रधानमन्त्री देउवाले गर्ने

 


धनगढी मंसिर २० /   कैलालीको धनगढीमा यही २२ गतेदेखि शुरु हुने सुदूरपश्चिम महोत्सवको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने भएका छन् । आयोजक कैलाली उद्योग वाणिज्य सङ्घले आज मंगलबार धनगढीमा पत्रकार सम्मेलन गरि यस्तो जानकारी दिएको हो ।
संघका अध्यक्ष पुष्पराज कुँवरले महोत्सवको तयारी लगभग पुरा भएको बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मङ्सिर २२ गते दिउसो २ बजे धनगढी उपमहानगरपालिका १ स्थित मैदानमा महोत्सवको उद्घाटन गर्ने कार्यक्रम तय भएको उनले जानकारी दिए । महोत्सव उद्घाटन समारोहमा विभिन्न भेषभुषा, लोक संस्कृति झल्कने झाँकी प्रदर्शनी गरिने तयारी भइरहेको छ । सुदूरपश्चिम प्रदेशको कृषि, उद्योग, पर्यटन, कला, संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यका साथ २०६३ सालदेखि शुरु भएको महोत्सव यो १६ औँ संस्करण हो ।

महोत्सवमा स्थानीय खानपान, कृषि उपज, व्यापारिक लगायतका गरि करिब ४ सय स्टल रहने छन् । महोत्सव सञ्चालनका लागि करिब २ करोड खर्च हुने अनुमान सङ्घले गरेको छ । मङ्सिर २२ गते शुरु हुने महोत्सव पुस २ गतेसम्म सञ्चालन हुने छ । महोत्सव अवधिमा करिब १० करोड बराबरको कारोबार हुने अपेक्षा सङ्घले गरेको छ । महोत्सवमा कृषि प्रदर्शनी, कलाकारको प्रस्तुती, रमाइलो मेला, खानपानका परिकार, थारु गाउँ लगायत मुख्य आकर्षण रहने छन् ।



मङ्गलबार २०, मङि्सर २०७९ ०३:५८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.