आजको मौसम : पहाडी क्षेत्रमा बदलीको सम्भावना

युग संवाददाता     253 पटक पढिएको    

आजको मौसम : पहाडी क्षेत्रमा बदलीको सम्भावना

काठमाडौं / मुलुकमा उल्लेखनीय मौसमी प्रणाली छैन । प्रदेश १ र बागमतीका थोरै भूभागमा आंशिक बदली रहेको छ, भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

आइतबार प्रदेश १ र बागमतीका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रहने आकलन गरिएको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । सोमबार प्रदेश १ र बागमतीका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदलीको सम्भावना रहेको छ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । तराईमा हुस्सु, कुहिरो लाग्ने थालेपछि तापक्रम क्रमिक रुपमा घट्दै गएको छ ।



आइतबार ११, मङि्सर २०७९ ०१:०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.