यस्तो छ आजको मौसम पूर्वानुमान

युग संवाददाता     239 पटक पढिएको    

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं / हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान देशका सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भु-भागका केही स्थानमा हुस्सु लागेको र बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहेको छ। 

आज देशका हिमाली भू-भागमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतः सफा रहनेछ। प्रदेश १  र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा र सुदूरपश्चिम प्रदेशका थोरै भू-भागमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतः सफा रहनेछ।
 
तराई भू-भागमा कुहिरो लाग्ने र तापक्रम क्रमिक रुपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।



शनिबार १०, मङि्सर २०७९ ०१:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.