आजको मौसम पूर्वानुमान : पश्चिमी वायुको सामान्य प्रभाव

युग संवाददाता     246 पटक पढिएको    

आजको मौसम पूर्वानुमान : पश्चिमी वायुको सामान्य प्रभाव

काठमाडौं – अहिले देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भागमा आंशिक बदलीको सम्भावना छ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राति प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रहेको छ। मंगलबार प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भू-भागमा आंशिक बदलीको आकलन गरिएको छ । तापक्रम क्रमिक रुपमा घट्दै जाने सम्भावना रहेकाले चिसोबाट जोगिन महाशाखाले अनुरोध गरेको छ।



सोमबार ०५, मङि्सर २०७९ ०१:२१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.