मतदानको दिनको मौसम पूर्वानुमान : प्रदेश १ र गण्डकीमा हिमपातको सम्भावना

युग संवाददाता     211 पटक पढिएको    

मतदानको दिनको मौसम पूर्वानुमान : प्रदेश १ र गण्डकीमा हिमपातको सम्भावना

काठमाडौं  /  देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। आज प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश १ र गण्डकीका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार राति प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भू-भागमा आंशिक बदली रहनेछ।

सोमबार प्रदेश १ र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना छ। तापक्रम क्रमिक रुपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न अनुरोध महाशाखाले गरेको छ।



आइतबार ०४, मङि्सर २०७९ ०१:२९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.