कुन–कुन परिचयपत्रबाट भोट हाल्न पाइन्छ ?

युग संवाददाता     266 पटक पढिएको    

कुन–कुन परिचयपत्रबाट भोट हाल्न पाइन्छ ?

काठमाडौँ  । निर्वाचन आयोगले ४ मंसिरमा परिचय खुल्ने परिचयपत्र भएमा भोट हाल्न पाइने निर्णय गरेको छ ।प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपुर्जा, सवारीचालक अनुमतिपत्रको सक्कल प्रमाण भएमा भोट हाल्न पाइने आयोगले जनाएको छ । 

आयोगबाट मतदातालाई परिचयपत्र वितरण भएको भए पनि कतिपय मतदाताको परिचयपत्र हराएकोरनाशिएको अवस्था भएमा उल्लेखित परिचयपत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको हो । 



शुक्रबार ०२, मङि्सर २०७९ ०८:२० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.