घट्यो सुन र चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

युग संवाददाता     161 पटक पढिएको    

घट्यो सुन र चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौं  । सुनचाँदी बजारमा आज नको मूल्य अघिल्लो दिनको कारोबारको तुलनामा प्रतितोला चार सय रुपैयाँले घटेको छ । बुधबार ९८ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला ९८ हजार रुपैयाँ तोकिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार पाँच सय छ । त्यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेर एक हजार दुई सय ८५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा नेपालमा दैनिक मूल्य तोक्दै आएको छ ।



बिहिबार ०१, मङि्सर २०७९ ०६:३० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.