आजको मौसम : पर्वतारोहण र पदयात्रा गर्दा सतर्कता अपनाउन अनुरोध

युग संवाददाता     183 पटक पढिएको    

आजको मौसम : पर्वतारोहण र पदयात्रा गर्दा सतर्कता अपनाउन अनुरोध

काठमाडौं – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १ र गण्डकीका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। प्रदेश १, बागमती र गण्डकीका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको पनि आकलन गरिएको छ।

महाशाखाका अनुसार राति प्रदेश १ र गण्डकीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। शुक्रबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। महाशाखाकाले पर्वतारोहण र पदयात्रा गर्दा सतर्कता अपनाउन भनेको छ। तापक्रम क्रमिक रुपमा घट्दै जाने सम्भावना रहेको चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन पनि अनुरोध गरिएको छ।



बिहिबार ०१, मङि्सर २०७९ ०१:२९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.